मुस्ताङका विभिन्न स्थानको भ्रमण गरी कालिगण्डकि कोरिडोर हुदै कोरला नाका पुगेपछि!
जदौ छकल्या!
१) बाटो भने गज्जब ठुलो रहेछ! केहि स्थानमा पुलहरु बन्दै रहेछन्! पुल बनाउने र पिच गर्ने काम सकिएपछि यो मार्गले व्यापारको लागि एउटा अब्बल विकल्ल दिने रहेछ!
२) सिमाना पारी चीनलेभने १३०० घर सहितको नया बस्ती विकास गरी व्यापार तथा व्यवसायको लागि आवश्यक पर्ने सुपरमार्केट समेत बनाउने चरणमा रहेछ!
३) सिमानावारी नेपालमा भने अहिले १-२ टहरा र केहि अस्थाईपाल मा मान्छेहरु बसिरहेको देखियो! त्योपनि व्यापारिक कामको लागि अस्थाई बसोबास !
४) ठुलो ग्रीनहाउस जस्तो शिशै शिशाको हाटबजार स्थलमा धेरै थरी सामान पाइने रहेछ ! पैसा भने नेपाली पनि चल्ने रहेछ! सालाखाला १ चाइनिज युवान बराबर २० नेपाली रुपिया को हिसाब गरेर कारोबार हुने रहेछ!
५) केहि बाहेक अरु पसलेहरु नेपालीबोल्न खासै नजान्ने तर दोभाषेहरु पनि हुने रहेछन! कतै नेपाली वा नया मान्छे किन्न जाने बित्तिकै दोभाषे आफै हाजिर भैहाल्ने! दोभाषेले भने मोलतोल गर्न सहयोग गरेर निकै कम मात्रै घटाउन भुमिका खेल्ने रहेछन! मेरो अनुभवमा दोभाषेले गरेको मोलतोलमा तिनिहरुको कमिशन समेत जोडिने रहेछ! आफैले क्याल्कुलेटर मार्फत गरेको मोलतोलमा धेरै घटेको अनुभव भयो!
६) सिमा सुरक्षाका हिसाबले चीनले सम्पुर्ण व्यवस्था सहित व्यापारको लागि आधुनिक भन्सारको व्यवस्था गरेको छ! नेपालको उपस्थिति भनेको टहरो हो!
७) हुनत कोरला नाकाको विकासको लागि नेपालसरकारले चीन सरकार सङ सम्झौता गर्ने भन्ने नेपाल सरकारको मन्त्रीपरिषद स्तरिय निर्णय छ! यसरी हेर्दा भौतिक पुर्वधारको विकासको लागि नेपाल सरकार पुर्णतया चीन सरकारमै भरपर्ने होला! तर अहिलेको अवस्था तुलना गर्दा त्यो त्यति सजिलै सम्पन्न होला जस्तो लाग्दैन!
८) हुम्लाको हिल्सा सिमिकोट सडकखण्डमा काम गर्दा हिल्सानाका जादाको झझल्को आयो! तर हिल्सा नाकाभन्दा कोरला नाका भने कयौ गुणा ठुलो, सहज र व्यवस्थित रहेछ!
९) यसै विच मलाई मुगुको नाक्चेलाग्ना नाकाको याद आयो! कर्णाली प्रदेश को गुरुयोजनामा नाक्चेलाग्ना नाकासम्म पुग्ने बाटोको परिकल्पना भने गरिएको छ तर काम भने नगन्य!
१०) जोमसोम देखि कोरला पुग्ने बिच बाटोमा अनेकौ पर्यटकिय स्थलहरु रहेछन! भौगोलिक हिसाबले मात्रै होइन बौद्ध धार्मिक र सन्स्कृतिको हिसाबले अनेकौ पुराना गुम्बा र यस आसपासका बस्तीहरुमा धर्म सन्स्कृति विकास र राजनितिको अध्ययन गर्ने अनेकन सम्भावना छन!
११) जसरी कर्णाली क्षेत्र देशका अन्य भुभाग भन्दा विल्कुल भिन्न छ त्यसरी नै मुस्ताङ पनि देशका अन्यभुभाग र कर्णाली भन्दा पनि विल्कुल भिन्न छ! हिमाली जिल्ला वा क्षेत्र भन्दैमा अवस्था उस्तै हुने रहेनछ! तर पर्यटनका लागि भने मुस्ताङले धेरै नै सेवा र सुविधाको व्यवस्था गरेको रहेछ!
१२) कर्णाली र मुस्ताङको विचको अर्को भिन्नता भनेको स्थानिय समुदायले गरेको आफ्नो भाषा सन्स्कृति र परम्पराको सङ्रक्षण नै हो! कर्णाली क्षेत्रले आफ्नो भाषा सन्स्कृति परम्परा र वास्तुकलाको लगभग त्याग गरिसकेको छ! केहि हदसम्म पुनर्जागरणको झिल्को त बल्न खोज्दै छ तर अहिले प्राय निश्प्रभावी! मुस्ताङमा भने लगभग एकबस्ती एकगुम्बा रहेछन् भने सान्स्कृतिक , धार्मिक र वास्तु परम्पराको सङ्रक्षणमा गुम्बाको महत्वपुर्ण भुमिका रहेछ!
१३) कर्णाली र मुस्ताङको एउटा समानता भने सङ्घियताको अपरिहार्यता त हो तर अहिलेको सङ्घियताले पहिले को केन्द्रीकृत शासकिय मानसिकता र अभ्यासलाई अहिले सुर्खेत र पोखरा सम्म मात्रै ल्यायो! सन्ख्याको खेल खेलिने अहिलेको लोकतन्त्र र सङ्घियताले यस्ता क्षेत्रको वास्तविक र न्यायोचित विकास भने गर्न सक्दैन! यस्ता क्षेत्रमा क्षतिपुर्ति सहितको विशेष अधिकार भएको व्यवस्था नहुन्जेल अवस्था उस्तै रहनेछ!
१४) तर अहिलेकै व्यवस्था जारी रहेपनि, कर्णालीको हिमाली क्षेत्रभन्दा मुस्ताङ कयौ गुणा अगाडि बढिसक्नेछ! त्यसको कारण भने हाम्रो (कर्णाली क्षेत्रक) विभाजित र घृणित स्थानिय राजनिति, खुट्टातान्ने र चरम भ्रष्ट समाज नै हो!
१५) मुस्ताङका प्रदेश सभा सदस्यको गुनासो के छ भने सङ्घ सरकारले मुस्ताङ क्षेत्रलाई पनि कर्णाली कै नजरले हेर्न थाल्यो! जस्ले अझै पनि विकासका प्राथमिकता मात्रै होइन विकासका मुल्य र मान्यता अनि पद्धति पनि अझै केन्द्रीकृत भैरहेकै झझल्को हो!
१६) देश र जनता नबुझी (विविधता, धर्म, सन्स्कृति, पहिचान, अधिकार, सम्भावना र समस्या) गरिने झिल्के राजनिति विकल्प होइन, बन्न सक्दैन!
बिचार भन्दा माथि देश भन्नेले त झन यस्तो विविधता स्वीकार गर्नै सक्दैनन्!
Comments
Post a Comment