कर्णाली प्राविधिक शिक्षालय (KTS) घुमेपछिको अनुभुति!

कर्णाली प्राविधिक शिक्षालय (KTS) घुमेपछिको अनुभुति! 

जदौ!

जुम्ला घुमघाम को शिलशिलामा
कर्णाली प्राविधिक शिक्षालय (KTS) पनि घुमियो!
धेरै समयपछि
यो शिक्षालयको अवलोकन गर्न पाइयो!
२०३७ सालमा स्थापित
यो शिक्षालयको अवधारणा अन्तर्गत नै
CTEVT को स्थापना गरिएको हो!
हालका शिक्षालय प्रमुख टेकेन्द्र थापा सङ
शिक्षालयका विगतका तथा वर्तमानका कृयाकलाप र
भविष्यको योजना बारे बुझ्न पाइयो!
यसै छलफलमा आधारमा रहेर
मेरा केहि निजि धारणा र
निम्न उल्लेखित केहि सुझाव पेश गर्न चाहन्छु!
१) कप्राशि कर्णालीको प्रदेशको एक जेठो र अनुभवि शिक्षालय हो!
यसले कर्णाली लगायत देशका विभिन्न क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराएर ठुलो गुन लगाएको छ!
तर यस्ले खेल्न सकिने भुमिका भने खेल्न पाएको छैन!
अहिलेको यसको क्षमतामा केहि थप गर्ने बित्तिकै यसले
नेपालका हिमाली क्षेत्रका भवन तथा बस्ती विकास अनि रुपान्तरणमा प्राविधिक सहायता (TA) दिन सक्तछ!
तर हालसम्म यसबारे कसैले चासो दिएको छैन!
२) लगभग ४३ वर्ष अगाडी जुम्ला र स्वीट्जरल्याण्ड को
वास्तु समिश्रण गरेर भवनका डिजाइन र निर्माण भएका छन!
ढुङ्गा काठ र माटोले बनेका यस्ता भवन
कर्णालीका हिमाली क्षेत्रको लागि नमुना हुन!
यस्ता डिजाइन र वास्तुलाई कर्णाली प्रदेश ले
नसके कम्तिमा चन्दननाथ नगरपालिकाले
मानकका रुपमा लिन सक्थ्यो!
लिनु पर्छ!
३) यस शिक्षालयका अधिकाङ्स भवनहरु
जीर्ण भएका तर त्यस मध्ये केहि भवन भने
मर्मत भैसकेका रहेछन!
मर्मत गरेका भवनहरु अबका केहि बर्षलाई हुने
तर जीर्ण भवन भने जतिखेर पनि भत्किने अवस्था छ!
त्यस्ता भवनहरु भुकम्पिय हिसाबले पनि उच्च जोखिममा छन!
४) हालसालै बन्दै गरेको भवन पनि
भवन डिभिजन जुम्लाले डिजाइन गरी
निर्माणको चरणमा रहेछ!
उक्त भवन भने हाँसको फौजमा बकुल्लो बनेको छ!
ईतिहास देखि रहेको वास्तुको मुल्याङ्कन नगरी र
त्यसलाई आधार नमानि नया भवन बनाइएकोले
त्यसले शिक्षालयलाई कुरुप बनाएको छ!
५) शिक्षालय प्रमुखका अनुसार
नगरपालिका, प्रदेश सरकार र सङ्घिय सरकार
सबैले यस शिक्षालयलाई खासै प्राथमिकतामा पारेका छैनन!
६) उतिबेला बनेको यस शिक्षालयका भवन लगायत
अन्य सङरचना मर्मत गर्न चाहिने जति रकमको अभाव रहेछ!
हाल छुट्ट्याइएको बजेटले
वास्तविक आवश्यकताको परिपुर्ति नहुने रहेछ!
७) शिक्षालय प्रमुखको केहि गरेर देखाउने हुटहुटी त छ
तर आर्थिक श्रोत बिना छटपटिरहेको भेटियो!
८) म यसपाली भन्दा पहिले यसरी
भवनका भित्री भागहरु घुमेक थिइन!
आज भन्दा ४३ वर्ष अगाडि नै
यस्तो सजिलो प्रविधि प्रयोग गरेर
हिमाली क्षेत्र उपयुक्त भवननिर्माण भैसकेको अवस्थामा
न यस प्राविधिक शिक्षालयले यस प्रविधिको प्रचारप्रसार गर्यो
न अरु कसैले यस प्रविधिको चासो दियो!
९) अब भने यस शिक्षालयले यस्ता प्रविधि को
दस्तावेजिकरण गरि फेरि प्रसार गर्नुपर्नेछ!
१०) यसका साथै यस शिक्षालयमा
वन विज्ञान लगायत अन्य विषय पनि
पढाई हुन थालेछ!
मेरो विचारमा भुइँतहमा प्रयोगमा आउने
शिप विकास गर्ने लक्ष्य राख्नु नै
यस्को सबै भन्दा बलियो पक्ष थियो
जस्ले यहाबाट उत्पादित जनशक्ति बेरोजगार बस्नु परेको थिएन!
अब यहाँ पनि अन्यत्र जस्तै
शैद्धान्तिक शिक्षामाजोड दिदै जाने हो भने
विस्तारै बेरोजगार उत्पादन गर्ने थलो बन्न सक्छ!
त्यसैले यस शिक्षालयले आफ्ना सबै कार्यक्रममा
कर्णाली प्रदेश सुहाउदो शैद्धान्तिक र व्यवहारिक शिक्षा
प्रदान गर्न नै ध्यान दिनु पर्छ!
यसका लागि 'कर्णाली प्रदेश योजना आयोग'
एक महत्वपुर्ण सल्लाहकार बन्न सक्छ!
आशा छ सबैले शिक्षालय प्रमुखलाई
हौशला र सहयोग निरन्तर गरिरहने छन!
आमन्त्रण र आथित्यका लागि
आदरणिय दाजु तथा शिक्षालय का प्रमुख
टेकेन्द्र थापालाई हार्दिक आभार!






Comments

Popular posts from this blog

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा