कर्णाली प्रदेशमा विपद् र विकास बीच सन्तुलन: यथार्थ, नीति र भविष्यका पहल

 

कर्णाली प्रदेशमा विपद् र विकास बीच सन्तुलन: यथार्थ, नीति र भविष्यका पहल

कर्णालीमा बर्खा लाग्नासाथ सुर्खेती गायक अञ्जन बाबु र सङ्गीत श्रोताको मार्मिक गीत ‘चरी लैजा समाचार’ का शब्दहरू गुञ्जिन थाल्छन्: “हिजो नि उस्तै आज नि उस्तै, भोलि के हुनी हो? न दिन राम्रो न साँझ हाम्रो, कतिन्जेल रुनी हो?” यो प्रश्नले यहाँको विपद् चक्र र अदृश्य लागतको यथार्थलाई छर्लङ्ग पार्छ। बर्खा–पहिरो, नदीको कटान, सडक बग्ने, पुल भत्कने, बस्ती विस्थापित हुने, यी दृश्यहरू यहाँ वार्षिक अनुष्ठानजस्ता भइसकेका छन्। यसको पुष्टि नेपाल विश्वमै भूकम्पीय जोखिममा ११औँ, बाढीपहिरोमा ३०औँ, र जलवायु परिवर्तनको जोखिममा चौथो स्थानमा पर्नुले गर्छ (स्रोत: नेपाल राष्ट्रिय स्वैच्छिक प्रतिवेदन, MTR SF, २०८०)। यी जोखिमहरूको प्रत्यक्ष प्रभाव भोग्ने प्रदेशहरूमध्ये कर्णाली उच्च जोखिमयुक्त प्रदेशका रूपमा पहिचान गरिएको छ (स्रोत: कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२)। तर प्रश्न उठ्छ: यो किन भइरहेको छ? किन हरेक वर्ष यही अवस्था दोहोरिन्छ? हामी नीतिमा चुकेका छौँ कि हाम्रो नियति नै यस्तै हो? यो लेखमा म यी सवालहरूको जवाफ खोतल्ने कोसिस गर्नेछु!





Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा