सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

 

सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

म विगतका केही दशकदेखि नेपालका जलवायु समस्याग्रस्त क्षेत्रहरू तराईदेखि हिमालका गाउँसम्म, जलवायु परिवर्तन, सामाजिक विकास, विपद् व्यवस्थापन, मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न काममा संलग्न छु। यी वर्षहरूमा मैले बदलिँदो मौसमले समाजमा पारेको आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रहारका विविध रूपहरू प्रत्यक्ष रूपमा देखेको छु। तर, ती सबै अनुभवहरूभन्दा गहिरो असर त्यसबेला पर्यो, जब मैले सम्जोङ गाउँको कथा बुझेँ। एउटा यस्तो गाउँ, जसले जलवायु अन्यायको मूल्यस्वरूप आफ्नो घर, पहिचान, संस्कृति र स्मृतिसहितको भूमि गुमाउनुपर्‍यो। यो केवल भौगोलिक विस्थापन थिएन; यो सपना, पहिचान, सांस्कृतिक विरासत र न्यायप्रतिको आस्था गुमाउने गहिरो क्षण थियो।

गत साल मुस्ताङ भ्रमणका क्रममा सम्जोङको नाम पहिलो पटक सुनेँ। लोमाङ्थाङबाट कोरला नाका जाने बेलामा मुस्ताङबाट प्रदेश सभामा निर्वाचित माननीय विकल शेरचनज्यूले बाटोमा भन्नुभयो, “उ त्यहाँ नै हो, सम्जोङ भन्ने गाउँ भएको, तर अब त्यहाँ गाउँ छैन। विस्थापित भएर अन्त्य भइसक्यो।” त्यतिबेला पारिवारिक भ्रमण मात्र भएकोले त्यो विषयमा तत्कालै खासै गहिरो चासो बसेन। तर यसपालि सगरमाथा संवादको तयारीमा हिमाली समुदायहरूको आवाज, समस्या र सहभागिताबारे केही लेख्ने सोचेँ। झल्यास्स सम्जोङकै याद आयो। सबैभन्दा पहिले मैले आफैँलाई सोधेँ। सम्जोङ गाउँको इतिहास कस्तो होला? कसरी एउटा गाउँले यो भोक–उत्सर्ग सामना गर्‍यो? यसको भूगोल, खेतीपाती, परम्परागत कला–संस्कृति के भयो होला? गाउँ नै नयाँ थलोमा गएर के समस्याबाट उन्मुक्ति मिल्यो होला? वा त्यो नयाँ स्थान पनि अर्को सङ्कटको थलो बन्यो?

आफ्नै जिज्ञासा मेटाउन पुनः माननीय विकल शेरचनज्यूसँग सम्पर्क गरेँ। त्यसपछि उक्त गाउँमा लामो समय काम गरेका स्थानीय छेवाङ नोर्बुसँग सम्पर्क भयो। साथै, इन्टरनेटमा उपलब्ध बीबीसीसहित विभिन्न आलेखहरू, अनुसन्धान प्रतिवेदनहरू, उक्त क्षेत्र भ्रमण गरेर आफ्नो डायरी लेखेका पर्यटकहरूका सम्झनाहरू र अनुभवहरू पढेँ। सम्जोङ गाउँलाई अन्यत्र सार्न विभिन्न विकल्प र आर्थिक सहयोग गर्ने स्विस नागरिकका आलेख र भिडियोहरू पनि हेरेँ—जति पढ्यो, उति रोचक; जति हेर्यो, उति मनमोहक तर दर्दनाक! यी अध्ययनले गाउँको कथा यथार्थ रूपमा खुल्दै गयो।

यो आलेख ‘सम्जोङ’लाई सम्झन मात्र होइन—बुझ्न, विश्लेषण गर्न र अन्यायको प्रतिकार गर्न आह्वान पनि हो। मैले सोधेका प्रश्नहरू तपाईं पनि सोध्नुहुनेछ: कसरी एउटा गाउँले आफ्नो हजारौँ वर्षको इतिहास एक दशकमै गुमायो? जलवायु सङ्कटजन्य अन्यायबाट हिमाली क्षेत्रका यस्ता बस्तीहरू कहिलेसम्म अन्यायमा विस्थापित भइरहने? सगरमाथा संवादजस्ता तामझामका कार्यक्रममा पनि किन आफ्नै सरकारबाट सम्जोङका बासिन्दाले भोगेको अन्यायको चित्कार संसारलाई सुनाइँदैन?

पुरा आलेख हेर्नः यता क्लिक गर्नुस





Comments

Popular posts from this blog

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा