कर्णाली राजमार्गमा पिच माथि पिच!
कर्णाली राजमार्गमा पिच माथि पिच!
जदौ!
कर्णाली राजमार्गको जुम्ला खण्डमा
कालोपत्रे हुदै रहेछ!
ठेकेदारले भने अनुसार
यो आवधिक मर्मत सम्भार अन्तरगतको
काम रहेछ!
के राष्ट्रीय राजमार्गको
आवधिक मर्मत सम्भार भनेको
२ सेमी कालोपत्रे थपिदिएर
(त्यै पनि पुरानो कालोपत्रे माथि) हुने हो?
नेपालको राजमार्ग नियमित मर्मत सम्भारको
मापदण्ड यहि हो त?
सामान्यतया राजमार्ग मर्मत सम्भार तीन किसिमका हुन्छन:
१. नियमित मर्मत (रुटिन मेन्टेनान्स):
- खाल्डा भर्ने, साइड ड्रेन सफा गर्ने, किनारामा उम्रेको बिरुवा काट्ने, र सडक चिन्हहरू अपडेट गर्ने जस्ता दैनिक/साप्ताहिक कार्य।
- सडकको सतहमा आएको सानो-मध्यम क्षति तुरुन्त मर्मत गर्ने।
२. आवधिक मर्मत (पीरियोडिक मेन्टेनान्स):
- ३–५ वर्षमा एक पटक सडकको पूर्ण पुनः निर्माण वा ओभरले गर्ने (जस्तै: नयाँ डामर लगाउने, सब-बेस मजबुत गर्ने)।
- ठूलो परिमाणमा क्र्याक, रटिङ्ग, वा डिफर्मेसन लाई समाधान गर्ने।
३. आपतकालीन मर्मत (इमर्जेन्सी मेन्टेनान्स):
- बाढी, पहिरो, वा भूकम्प जस्तो प्राकृतिक प्रकोपपछि सडक अवरुद्ध भएमा २४ घण्टाभित्र अस्थायी मर्मत गर्ने।
अहिले हुन लागेको मर्मत भने दोश्रो प्रकारको रहेछ!
समाचार माध्यममा आएका भिडियोमा
सबै निर्माण प्रक्रिया बारे देखाइएको छैन र
मर्मतको प्राविधिक पक्षका बारेमा
के गर्न खोजिएको पनि देखाएइको छैन!
तर एउटा कुरा के प्रष्ट देखाईएको छ भने
पुरानो कालोपत्रे माथि नया कालोपत्रे थपिएको छ!
यो भने गलत हो!
सडक मर्मत गर्दा
पुरानो कालोपत्रमाथि बिना तयारी
नयाँ कालोपत्र लगाउनाले
लामो समयमा धेरै समस्या ल्याउँछ।
जस्तै:
1. भित्री सतह सङ नजोडिने:
- पुरानो कालोपत्रेमा धूलो, तेल, पानी वा नजमेका ढुङ्गाका टुक्रा भएमा नयाँ कालोपत्रेले पुरानोलाई राम्ररी समाउदैन! यसले तहहरू छुट्टिएर चट्टै सडक मा कार्पेट ओच्छ्याएको जस्तो गरेर माथिलो पत्र निस्किन सक्छ र सडक पानी पर्ने बित्तिकै बिगृन्छ!
2. पुरानो दरारहरू फेरि देखिने:
- पुरानो सडकमा भएका दरारहरू नयाँ सतहमा पनि सजिलै फैलिन्छन् ("रिफ्लेक्टिभ क्र्याकिंग")। यसले सडकको मजबूती गुमाउँछ। पहिले भएका दरारहरु माथि उपचार नगरी कालोपत्रे गरेर त्यसले केहि दीर्घकालिन फाइदा हुन्न!
3. आधार कमजोर भएकोले धसिने वा खाल्डा पर्ने:
- पुरानो सडकको आधार (बेस/सब-बेस) कमजोर भएमा नयाँ कालोपत्रेले पनि असली समाधान दिदैन! सडक धस्किने वा खाल्डा पर्ने वा टुट्ने समस्या आउँछ।
4. पानीको निकास र उचाइ समस्या:
- बारम्बार कालोपत्रे माथि कालोपत्रे गर्दा सडकको उचाइ बढ्छ। यसले म्यानहोल, किनारा जस्ता संरचनाहरू पानीमा डुब्न सक्छन् वा जलनिकास विग्रन्छ र सडक झन चाडै भत्किन्छ! उस्तै परे सडक दुर्घटना हुन्छ!
5. दीर्घकालीन खर्च बढाउने:
- पुरानो समस्याहरू नसच्याइकन गरिने ले ओवरले गर्दा अल्पकालमा सस्तो पर्छ, तर दरार, गड्ढा आउनेले पछि धेरै खर्च लाग्छ।
के गर्न उपयुक्त,
- पुरानो सतह मिलिंग गरेर हटाउनु (सफा आधार बनाउन)।
- दरार, खाल्डा र आधारको समस्या पहिले नै मर्मत गर्नु।
- जलनिकास व्यवस्था राखेर सडकको उचाइ मिलाउनु।
सडकलाई टिकाउ बनाउन
पुरानो समस्याहरू खोतल्नु जरुरी छ।
सजिलो भनेर कालोपत्रे माथिको कालोपत्रे ले गर्दा
पछि महँगो पर्छ!
सही तयारी र टिकाउ निर्माणले
नागरिकहरूको सुरक्षा र सरसल्लाइ बढाउँछ।
नत्र
करको पैसाले बालुवामा पानी!
कर्मचारी र ठेकेदारलाई मात्रै आम्दानि हुन्छ!
हुनत
बर्खालागिसकेको बेलामाशुरु गरिएको यो मर्मत
काम दिगो होस भनेर होला त?
Comments
Post a Comment