आमा !!!

 आमा !!!

दिन दिनै सपनीमा, हजुरकै छाया आउंछ !
मनभरी मुटुभरी, हजुरकै याद आउंछ !!
पोहोर परार अस्ति सम्म, हेर्दै सुन्दै कुरो हुन्थ्यो !
यसपाली त त्यो बोलीको, आवाज मात्रै कानमा आउंछ !!
जताततै खुशीयाली, उमङ्ग छाएको बेला !
आफ्नो घर आकास धरती, मनले सदा रित्तो पाउंछ !!
हजुरकै माया सद्भाव, हजुरकै आशिर्वाद छ !
हजुरकै अभावमा, घनघोर अन्धकार छाउंछ !!
एकातिर छन् यादहरु, अर्कोतिर पीडाहरु !
हजुरकै सपनाले बरु, दियोले झैं बाटो लाउंछ !!
दिन दिनै सपनीमा, हजुरकै छाया आउंछ !
मनभरी मुटुभरी, हजुरकै याद आउंछ !!
जहां हजुर त्यही हामी, बस्न पाए कस्तो हुन्थ्यो ?
पर्खाइका यी पीडा मेट्ने, मलम खोजे कहां पाउंछ ??



Comments

Popular posts from this blog

Transforming Inequalities: Role of Civil Society as a Knowledge Society

जन्मदिन !!!