भाईटीका 2081
जदौ!
आज यमपन्चकको अन्तिम दिन भाईटीका,
दीदीबहिनीको हातबाट दाजुभाईले
सप्तरङ्गी टीका लगाउने दिन!
टीका लगाइमाग्न नपाएको
दशकौँ भैसक्यो!
किन किन मेसो मिलेको छैन!
आशा छ
आउने बर्ष जसरी पनि लगाउन पाइयोस्!
पुल्चोक क्याम्पस पढ्ने बेलामा
दशैँ तिहार विदामा घर आउँदा
खिचेको यो फोटोले
उतिबेलाको तिहारको सम्झना दिलाउँछ!
तिहार आउँदा
कार्तिकको अन्त्य वा मङ्सिर
लाइसकेको हुन्थ्यो!
घाँस अनि धान काटेर भित्र्याइसकेको समय हुनाले
हरियाली लगभग सकिइसकेओ हुथ्यो!
जाडो मौसम शुरु हुने बेला भएकोले
बिहान सेतो तुसारो देखिन्थ्यो
अनि पानी पनि चिसो हुन्थ्यो!
गाउँघरमा फुल रोप्ने चलन त्यत्ति हुन्थेन!
सयपत्री र मखमली फुल
निकै कम घरमा हुन्थ्यो!
हाम्रो घरमा भने
सयपत्री पराल ले छोपेर टन्नै राखिएको हुन्थ्यो!
तिहारमा फुलको माला लगाएर हिड्नु पनि
छुट्टै मज्जा लाग्थ्यो!
मलाई बहिनिले
जुम्लामै टीका लगाईदिने बेलासम्म
रातो र पहेलो टीकाको
लामा लामा घर्सा निधारभरी लगाएको याद छ!
त्यो बाहेक अरु रङ लगाइएन !
तर बहिनि काठमाडौं आएपछिको तिहारमा भने
सप्तरङ्गी टीको लगाएको याद छ!
तिहार भन्ने वित्तिकै
देउसी र भैलो को सम्झना आइहाल्छ!
टोली का टोली बनाएर
देउसी भैलो खेल्न आउँथे!
साँझ सम्म बालबालिकाहरु आउँथे भने
अलिक युवाहरु बेलुका आउँथे!
अहिले सन्स्कृति बचाउने भनेर
सबै देउसी भैलोमा कुदेका छन् !
तर मेरो अनुभवमा देउसी भैलो खेल्ने बालबालिकालाई
उति सहज लिन्नथे भने भैलो पनि दिन्नथे!
कतिले त बचन लगाउथे!
त्यसैले मैले आजसम्म
देउसी र भैलो खेलेको याद छैन
तर देउसी भैलो खेलेर
पाटेभात खाएर सबै रमाएको देखेर
मातापितालाई हाम्रो चिन्ता हुन्थ्यो होला!
त्यसैले घर अगाडिको
ठुला (बेछौटापाला) ढुङ्गाको आडमा
दालभात पकाइदिएर
बाहिरै बसेर खाएको याद छ!
मातापिताले
आफ्ना सन्तानको खुशी पनि चाहने
अनि आत्मसम्मान पनि नजाने गरेर
यसरी व्यवस्था गरेको उतिबेला पत्तै नहुने!
कहिले कहिले भने
देउसी भैलो समुहको बराबर
चामल, दाल र पैसो
घरबाट उठाइदिएर
साथिसङ पाटेभात खान
भाइबहिनिलाई दिएको याद छ!
म त त्यसरी गैइन!
अर्को कुरो जुनसुकै टोली भएपनि
हाम्रो घरमा जसरी पनि आएकै हुन्थ्यो!
कोहि कहिल्यै पनि खालिहात पठाइएन!
देउसी भैलो खेल्नेको आशिष लाग्छ भन्ने थियो!
अहिलेसम्म लागेको मान्नु पनि पर्छ!
केहि समयपछि
बहिनि सङै मितिनि बहिनि सङ पनि
टीको लगाउन थालियो!
त्यो केहि बर्ष चल्यो!
तर म काठमाडौं अनि बहिनि जुम्लामा भएपछि
मितिनि बहिनिसङ टीको लगाउन छुट्यो!
बहिनी बन्दना अ्मेरिका गएपछि
काठमाडौं मा प्रभा सङ टीको लगाएर
निधार रङ्याइयो!
पछि त प्रभा पनि अ्मेरिका!
त्यसपछि भने यो निधार रित्तै छ!
हुनत यसपाली
सकेसम्म भौतिक रुपमैभेटेर
टीको लगाउने वाचा थियो
तर त्यो पुरा हुने मेसो मिलेन!
अर्को पल्ट सके त्यसै गर्नुपर्ला!
यसपल्ट बहिनीले
समय मै पठाएको
भाईटीकाको मसला र उपहार पाईसकियो!
आज इन्टरनेट मार्फत
बहिनीको टीका र आशिर्वादले
निधार रङ्याइयो!
घरमा लक्ष्मी, सरस्वती र दुर्गाको रुपमा
प्रत्यक्ष प्रकट हुने आखिरीमा महिला नै हुन्!
हाम्रो घरपरिवार र जीवनमा
तिम्रो आगमनले सधैँ
हर्ष, उल्लास र शुभ समय
नै ल्याएको छ!
भाईटीकाको शुभकामना बहिनी!
Love you 🥰
ReplyDelete