विश्व चर्पी दिवस - चर्पीको कुरा

 

जदौ!
आज विश्व चर्पी दिवस!
चर्पीको कुरा गर्ने वित्तिकै
पुरानो झझल्को आइरहन्छ!
गाउँगाउँमा चर्पी निर्माण अनि प्रयोगको
अभियान लिएर हिडियो!
एक जमाना थियो
चर्पीको आवश्यकता र महत्वबारे बुझाउन
नाटक, सभा, जुलुश, कक्षा, अवलोकन भ्रमण, छड्के चेकजाँच
सबै गरियो!
चर्पीका प्यान, पाइप, सिमेन्ट लगायत
हेलिकप्टर बाट ओसारेर समेत,
दक्षमिस्त्री र ढुवानी ज्याला समेत अनुदानमा दिएर
चर्पी बनाउन लगाईयो!
जुम्लामा 'चर्पी र चुला, गाँजर र मुला' भनेर
शुरु भएको चर्पीनिर्माण अभियान
२० बर्ष पछि पनि उस्तै चलिरहेकै छ!
भलै चर्पीको महत्व,
त्यसको डिजाइन, प्रयोग अनि उपादेयता
अकल्पनिय हिसाबले बढेको छ!
तर सार्वजनिक संस्था र सार्वजनिक स्थानमा शौचालय
विशेष गरी विद्यालय तथा बजारक्षेत्रमा
सबैलाई पहुँच पुग्ने शौचालय चाहि
अझैँ पनि सपना नै छ!
हुनत शौचालय र सरसफाईको अवस्था सुधार गर्न
सामाजिक र गैरसरकारी क्षेत्रको
महत्वपुर्ण भुमिका थियो!
तर अहिले फर्केर हेर्दा
बिसौँ बर्ष सम्म पनि उहि काममा अल्झेको देखेर भने
दिक्क लाग्ने रहेछ!
उहि प्रकृया दोहोरिनु
उति गतिलो काम भने होइन!
यसपालीको नाराले भने
यो दोहोरिएको कामलाई
औचित्यपुर्ण बनाउन खोजेको रहेछ!
'चर्पी- शान्तिको लागि एक स्थान'
यस्तै केहि नारा रहेछ!
यत्ति नाराले यो अभियानको औचित्य स्थापित गरिरहनेछ!
अस्तु!

Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा