हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

 

हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

हिल्सा, नेपालको सुदूर उत्तरपश्चिमी सीमाना, जहाँ भौगोलिक उचाइ मात्र होइन, मानवीय अनुभवको गहिराइ पनि परीक्षण हुन्छ। यो ठाउँ मेरो लागि केवल भौगोलिक गन्तव्य थिएन। यो एउटा मनस्थितिको नाम थियो: जहाँ न त धड्कन नियमित हुन्छ, न त श्वास सामान्य। यो ठाउँ नेपालकै भए पनि धेरैजसो नेपालीका लागि नदेखिएको भूगोल थियो, र मेरो लागि त झन् टाढाको, तर अवश्य पुग्नैपर्ने गन्तव्य। कर्णालीको मुहान नजिकको सिमिकोट, जहाँबाट मानसरोवर जाने नाकाको अन्तिम नेपाली बस्ती सुरु हुन्छ। त्यही ठाउँमा म ‘हिल्सा–सिमिकोट सडक चौडाइ विस्तार कार्यक्रम’अन्तर्गत प्राविधिकको रूपमा खटिएको थिएँ। उद्देश्य थियो: खाद्य असुरक्षा घटाउने र सुदूर हिमाली भेगहरूमा पहुँच विस्तार गर्ने। तर व्यवहारमा, यो केवल बाटो निर्माण थिएन। यो साहस, मानवीय सहनशीलता र नेपालीपनको जीवन्त प्रदर्शन थियो।




Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा