कर्णालीमा सुशासन र सह–शासनः दृष्टि र दिशा!
कर्णालीमा सुशासन र सह–शासनः दृष्टि र दिशा! वर्तमान समयमा ‘सुशासन’ र ‘स्व–शासन’ एक अर्काका परिपुरक बनिरहेका छन्। हुनत ‘स्व–शासन’ आदिम कालदेखि नै सर्वत्र गरिदै आएको अभ्यास हो। तर जब बिस्तारै प्राकृतिक श्रोत र साधनहरुको दोहनको लागि राज्यहरुको विस्तार गर्ने र अर्काको राज्य कब्जा गर्ने समय आयो, शक्तिसालि राष्ट्रहरुले कमजोर स्वतन्त्र राष्ट्रहरुलाई आफ्नो कब्जामा लिदैं गए। त्यो बेलादेखि नै साम्राज्यवादीहरुको चंगुलबाट उन्मुक्ति पाउन आन्दोलन शुरु भयो जुन क्रान्तिको लक्ष्य पनि ‘स्व–शासन’ नै थियो। तर वर्तमान सन्दर्भमा भने आफ्नै मुलुकभित्र राजनीतिक अधिकार विहिन भएर सिमानामा उभ्याइएका र राष्ट्रिय विकासको मूलधारबाट उपेक्षा गरिएका समुदायले आफ्नो राजनीतिक अधिकार पुनस्र्थापित गर्न पनि ‘स्व–शासन’ को अभियान चालिरहेका छन् र यसकै विकसित स्वरुप संघीयता हामी नेपालीहरुले पनि अंगालेका छौं। वर्तमानको भुमण्डलिकृत विश्वमा निर्वाचित सरकारहरु मात्रै होइन नागरिक समुदाय र निजी क्षेत्रको पनि शासन पद्धतीमा सहभागिता बढाउन, र सरकारहरुलाई नागरिक प्रति बढी भन्दा बढी उत्तरदायि बनाउन सह–शासन को अवधारणा सुरु भए...