पढाइका समयका कथाः दशैंमा पैसा आइनपुग्दा उ बेला म त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको प्रथम बर्षको पढाई! बसाई भने काठमाडौंको डिल्लिबजार स्थित कालिकास्थान मन्दिर नजिक! जुम्लामा टेलिफोन अहिले जस्तो व्यापक भैसकेको थिएन ! आपतकालिन महत्वपुर्ण संचारको लागि ‘दुर संचार संस्थान’ बाट फोन वा ‘आकाशवाणी’ गर्नु पर्थ्यो भने अन्य साधारण संचारको लागि चिठिपत्र लेख्नु पर्थ्यो! पढाइ खर्च जुम्लाबाटै पठाउनुपर्ने भएपनि पैसो पठाउन सजिलो र भरपर्दो माध्यम थिएन! अहिले जस्तो जुम्ला र काठमाडौं बिच न बस चल्थ्यो, न त हवाइजहाज! जस्ले गर्दा हाते गरेर कसै सङ्ग पैसा पठाउन सकिने अवस्था थिएन! उसैपनी जुम्ला र काठमाडौं आवतजावत गर्ने मान्छेहरु नै एकदम कम हुन्थे! कोहि भेटिएपनि दुबैलाई चिन्ने वा पैसो हातमा पुर् याउन सक्ने भन्ने संभावना नगन्य नै हुन्थ्यो! समाधान चाहि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर जुम्लाबाट उक्तखातामा पैसो पठाउन नै भरपर्दो र सजिलो हुनेभयो! मैले पुतलीसडक स्थित सिंहदरबार शाखामा खाता खोलेर कारोबार गर्न शुरु गरे! खाता खोल्न न्युनतम रु १,००० बचत गर्नेपर्ने हुन्थ्यो जस्ले गर्दा अनावश्यक...
Popular posts from this blog
Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective
Spatial Planning Practices in Nepal – A Rural and Regional Perspectiv e ABSTRACT Planned development in Nepal is a recent phenomenon and may be traced to the beginning of Second World War. The concept of regional planning began during Party-less Panchayat system after the abolishment of autocratic Rana family regime. Although the initiatives for decentralization and regional administrative divisions of the country were in focus, the planning practices were primarily centralized, rural development based, focused on isolated sectors and spatially neutral. With restoration of democracy in 1990s, the planning practices of Nepal adopted decentralized, participatory, and bottom-up approaches with priority on spatially balanced development agenda adopting rural and regional development strategy. However, due to highly unstable governments and political movements, the implementation of those plans was not effective. With promulgation of federal constitution in 2015, the country adopted t...
जन्मदिन !!!
जन्मदिन !!! गन्तव्य कता हो कता देखिएकै छैन, तर पनि यात्राको गोरेटोमा आज फेरि थप एक पाइलो अगाडि सर् यो ! वसन्तको हरियाली देखि शिशिरको पतझर सम्म पालैपालो घुमिरहने याम हो जीवनको जङ्गल, च्याउ उम्रीएको बूढो रुखमा आजै एउटा नयाँ पालुवा पलायो ! संघर्ष नै जीवन या भनौं जीवन नै संघर्ष जहाँ पाइला पाइलामा सयौं चुनौती आइरहन्छन् ! नटुङ्गिने विरानो यात्रामा हिडेपछि अलिकती नयाँ बाटो आफैले कोतर्नु नै पर्ने, अलिकती आफ्नो आफैले औजार तिखार्नु नै पर्ने, अलिकती 'सामल र पानी' को जोहो गर्नु नै पर्ने ! एकछिन दौड्यो, एकछिन थकाई मार् यो, फेरि एकछिनपछि लुखुरलुखुर हिड्नु नै पर्ने ! मनमा एकातिर चन्द्रमा छुने चाह, अर्कोतिर धरतीको धुलो बनेको आह ! जहाँ जे भए पनि, जहाँ जे बने पनि, आमाको काख जति अरु केही नहुने ! जन्मेको धरती सरि अरु केहीले नछुने ! यस्सै भनेनन् होला 'जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी' ! विहानै चिसो सिरेटोले कान सेक्दै बाबाले बोलाएको मीठो आवाज ल्याईपुर् यायो, 'बाबु कति सुत्छौ अझै? अब त उठ्न पर् यो'! आमाले टाउको मुसार्दै गर्दाको न्यानो स्पर्शले झसङ्ग ब्युझिएर हेर्दा भित्ताब...
Comments
Post a Comment