About

 

मेरो बारेमा: एउटा भुइँमान्छेको कथा

म माधव राज न्यौपाने, कार्तिक स्वामी गाविस गैरागाउं (अहिलेको चन्दननाथ नगरपालिका-१०) मा जन्मी— नदीको किनारमा हुर्किएको, खेतको माटोमा खेलेको, र गाउँको चोक-आँगनमा सिकाइ पाएको एउटा सामान्य मानिस। मेरो पढाइले मलाई इन्जिनियर बनाएको होला, मेरो पेशाले मलाई योजनाकार बनाएको होला, मेरो बसाइले मलाई परदेशी बनाएको होला, तर म असली रुपमा सधैं एउटा भुइँमान्छे नै हो। यहि हो मेरो असलियत।

किन यो ब्लग मेरो लागि आत्मा जस्तो छ?

जीवनका धेरै वर्ष मैले आफ्ना विचारहरू सामाजिक सन्जाल देखि आफ्नै डायरीहरुमा टुक्रा टुक्रा पारेर छरिएर बसेपनि टुलुटुलु हेरि राखेको थिए। तर विस्तारै मैले ती सबै गुमाई रहेको महशुस गरें । यी सबै मेरो जीवनका सुनौला टुक्राहरू थिए जो कहिल्यै एउटै ठाउँमा बस्न पाएनन्। यो ब्लग मेरो घर हो जहाँ मैले आफ्ना छरिएका कुराहरूलाई उकेरा लगाएर राख्छु।


यहाँ के पाइन्छ?

मेरा आँसु र मुस्कानका कथाहरू: बाल्यकालदेखि अहिलेसम्मका संघर्ष, हारजीत, र साना सपनाहरू।

परिवारले सिकाएको जीवन विज्ञान: बुबाले भनेका "माटोको मान" को अर्थ, आमाले बोलाएको "मानिसको माया" को शक्ति।

हाम्रो समाजका गहिरा घाउहरू: किन हामी आफ्नै जरा बिर्सँदै छौं? किन सहरले गाउँलाई निल्छ?

संसारसँग साझा गर्ने सपनाहरू: जलवायुले डुबाएका गाउँहरूको दुख, तर तिनै मानिसहरूको अदम्य आशा।


म भुइँमान्छे हुँ

"पुस्तकले मलाई सिद्धान्त सिकाए, तर गाउँ समाजले मलाई जीवन सिकाए।

पढाइले मलाई डिग्री दि्यो, तर अनुभवले मलाई विवेक दियो ।

यही कारणले मेरा लेखहरूमा विश्वविद्यालयको कागज मात्रै होइन —

माटोको सौन्दर्य छ, मानिसको पीडा छ, र जीवनको गन्ध छ।"


म विश्वास गर्छु कि हरेक भुइँमान्छेको अनुभव एउटा ग्रन्थ हो

त्झसैले म मेरो ब्लग मेरो ज्ञानको साझा भण्डार बनोस भन्ने चाहन्छु

 

यो ब्लग:

व्यक्तिगत देखि वैश्विक सम्मका कुराहरू जोड्छ

विज्ञान र गाउँले ज्ञान बीचको खाडल मेट्छ

हाम्रा छरिएका आवाजहरूलाई एउटै ठाउँमा बसाल्छ


तपाईं पनि यस मेरो घरका सदस्य हुनुहुन्छ


यदि तपाईं पनि:

आफ्नो जीवनका कथाहरू बोकेर हिँड्नुहुन्छ

समाजका यथार्थ सँग सामना गर्नुभएको छ

सानो प्रयासले पनि संसार बदलिन्छ भन्ने विश्वास गर्नुहुन्छ

यहाँ तपाईंलाई स्थान छ।


🌱 सम्पर्क गर्नुहोस्: mneupane.nepal@gmail.com

📖 ब्लग पढ्नुहोस्: https://neupane-madhab.blogspot.com/


"हामी भुइँमान्छेहरूले जोडेको भेला हो यो — आऔं, सँगै बसौं, सँगै बोलौं।"



Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा