पढाइका समयका कथाः दशैंमा पैसा आइनपुग्दा उ बेला म त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको प्रथम बर्षको पढाई! बसाई भने काठमाडौंको डिल्लिबजार स्थित कालिकास्थान मन्दिर नजिक! जुम्लामा टेलिफोन अहिले जस्तो व्यापक भैसकेको थिएन ! आपतकालिन महत्वपुर्ण संचारको लागि ‘दुर संचार संस्थान’ बाट फोन वा ‘आकाशवाणी’ गर्नु पर्थ्यो भने अन्य साधारण संचारको लागि चिठिपत्र लेख्नु पर्थ्यो! पढाइ खर्च जुम्लाबाटै पठाउनुपर्ने भएपनि पैसो पठाउन सजिलो र भरपर्दो माध्यम थिएन! अहिले जस्तो जुम्ला र काठमाडौं बिच न बस चल्थ्यो, न त हवाइजहाज! जस्ले गर्दा हाते गरेर कसै सङ्ग पैसा पठाउन सकिने अवस्था थिएन! उसैपनी जुम्ला र काठमाडौं आवतजावत गर्ने मान्छेहरु नै एकदम कम हुन्थे! कोहि भेटिएपनि दुबैलाई चिन्ने वा पैसो हातमा पुर् याउन सक्ने भन्ने संभावना नगन्य नै हुन्थ्यो! समाधान चाहि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर जुम्लाबाट उक्तखातामा पैसो पठाउन नै भरपर्दो र सजिलो हुनेभयो! मैले पुतलीसडक स्थित सिंहदरबार शाखामा खाता खोलेर कारोबार गर्न शुरु गरे! खाता खोल्न न्युनतम रु १,००० बचत गर्नेपर्ने हुन्थ्यो जस्ले गर्दा अनावश्यक पैस
Posts
Showing posts from April, 2023