जन्म दिन 2081

 आज मेरो लागि विशेष दिन!

आज भन्दा २ बीसऽ ४ बर्ष अघि
यस धरतिमा

जन्मलिएको दिन!
यस जीवनको मध्यतिर पुग्दा सम्म
अनेकौ मोडहरु पार गरियो!
निश्चल र निष्कपट बालापन पछि
चन्चले किशोर हुदै युवा
अनि अहिले युवावस्था भर्खरै पार गरेर
प्रौढ बन्ने दिशातिर निरन्तर लम्किएको
एक भुइमान्छे - अर्थात म!
आजसम्मको जीवनमा
गुरु, मातापिता, परिवार,
साथिभाई तथा गाउँसमाजको
प्यारो बन्ने कोसिस गरियो!
जानीजानी कसैको कुभलो गरिएन!
जीवनमा सोचेका र साँचेका
कयौँ सपना र योजना अधुरै छन!
धैर्यपुर्वक र अथक भै
निरन्तर परिश्रम गर्ने बानी
मातपिताबाट ग्रहण गरेको छु!
भाई बहिनी बाटपनि
उत्तिकै आदर र माया पाएको छु!
बाल्यकालमा जन्मदिन
माताजीले बनाएको
सेलरोटी, टाट्या, खीर खादै
मातापिताको टिका अनि आशिर्वाद लिएर मनाइयो!
उतिबेला न विगतको सम्झना,
न वर्तमानको चिन्ता ,
न कुनै भविष्यको सपना!
उन्मुक्त!
युवाहुदा भने यदाकदा केक काटेर मनाइयो,
उतिबेला वर्तमानमा ज्यादै रमाइयो
अनि भविश्यका धेरै कल्पना पनि गरियो!
होहल्ला र रमझम पनि त्यत्तिकै!
अब प्रौढावस्थामा पुगेपछि भने
पुराना कुरा उत्तिकै सम्झिइने,
वर्तमानले ज्यादा अल्झाउने
तर भविष्यका नया कल्पना भने
केहि कम कल्पिइने हुने रहेछ!
'सन्तोषम् परम् सुखम्' भन्ने उक्ति
शुरुहुने समय रहेछ!
मेरो अनुभवमा
जीवन भनेको सिकाई नै सिकाई रहेछ!
परिवारले दिने शिक्षा र पारिवरिक वातावरण भनेको
जीवनको जग हुने नै भयो अनि
औपचारीक शिक्षा मार्फत पनि
महत्वपुर्ण सिकाई हुने नै भयो!
तर जीवन चलाउन
त्यो भन्दा कयौ गुणा
व्यापक विषयमा ज्ञान र सीप चाहिने रहेछ!
त्यो चाहि परिवार, साथिसङी र समाजको
समिश्रणले दिने रहेछ!
जसमा व्यक्तिको रुची पनि उत्तिकै महत्वपुर्ण हुने रहेछ!
इमान, सत्य निष्ठा, कर्मठ लगन अनि कर्तव्य
सबै मातापिता बाट प्राप्त भयो!
केहि पेशागत दक्षता
औपचारिक शिक्षा अनि आफ्नै रहरले पाइयो!
आफ्ना समस्त जिम्मेवारी
कसरी कुशलतापुर्वक निभाउने,
घरपरिवार र पेशागत काम
कसरी सन्तुलनमा राख्ने भनेर
बहिनिबाट विशेष सिकेको छु!
जीवनमा विर्सनै नसकिने कुरो चाहि
छोरी उपमा बाट सिकेको छु!
त्यसबारे छुट्टै कुनै अर्को पटक चर्चा गरुँला!
सम्पुर्ण जीवनको आधा समय सिकेर पनि
सिकाई अझै नसकिने रहेछ!
सिकेको कुरो व्यवहारमा उतार्नु
सबैभन्दा ठुलो चुनौति रहेछ!
आजसम्मको मेरो जीवनको
एकतिहाई समय साथ साथ बिताउने
अनि मलाई हरदम हौशला र उत्प्रेरणा दिने
अर्धाङ्गिनिको पनि जन्मदिन आजै!
भलै उनको र मेरो आनीबानी र रुचीमा
१८०° को अन्तर छ !
तर एक अर्काप्रति प्रेम र सम्मानमा भने
०° को अन्तर!
प्रष्टकुरा, खुल्ला विचार
बाह्य ससार, दह्रो सामाजिक सम्बन्ध,
कतिपय समयमा कित्ताकाट !
खानपिन र घुमघाममा पारख,
छिटो-छरितो, आटिलो, जोशिलो,
कहिल्यै गलत नगर्ने, कहिल्यै नझुक्ने !
हरदम खुशी हुन सक्ने!
यि सब उनका असल गुण हुन!
म भने अलि बढि नै अन्तरमुखी,
एकान्तप्रेमी,
ज्यादै कम तर मनमिल्ने साथि बनाउने,
दर्शन, साहित्य र लेखपढमा रुची !
राजनिति र विकासमा हल्का चासो !
कमलो मन, धैर्य, सहनशिल र कर्तव्यपरायण!
त्यसैले पनि होला
हामी एक अर्काका परिपुरक नै बनेका छौ!
त्यसैले नै भनिएको होला "१+१=१" !
यसरी नै परिपुरक बनिरहन पाउँ!
अर्को महत्वपुर्ण कुरो,
आज सम्म हामीले सबैबाट
असल सहयोग नै पाएको छौँ!
तर कसैको लागि केहि विशेष गर्न सकेका छैनौँ!
सबैको गुनको भारा तिर्ने सामर्थ्य प्राप्त होस!
हामी दुवैलाई जन्मदिनको शुभकामना!
स्वस्थ र खुशी जीवन जीउन पाउँ!
यहाँहरु सबैको सुभेक्षा र आशिर्वाद को लागि धन्यवाद!

Comments