कुकुर तिहार 2081
जदौ!
आज यमपञ्चकको दोश्रो दिन अर्थात
कुकुर तिहार!
कुकुर तिहार!
कुकुर अर्थात श्वान
सबैभन्दा पातलो निद्रा भएको,
आफ्नो रितिको भावना बुझ्ने भएर होला
यसको पुजा गरिएको!
अझ नेपाली परम्परा अनुसार
यमदुतको रुपमा यसलाई पुजा गरिन्छ!
असल विद्यार्थीका पाच लक्षण मध्ये
कुकुरको जस्तो पातलो निद्रा हुनु पनि मानिन्छ!
हुनत म सानो हुनेबेलामा
हाम्रो घरमा कुकुर पालेको सम्झना छ!
जुम्लाको घरमा त अहिले पनि
एउटा सानो प्यारो कुकुर
तैपनि म मा कुकुर प्रति अलिकति डर
अझै छ!
गाउँमा कुकुर पाल्नाका धेरै कारण हुने!
मुख्य कुरो घरको पहरेदार!
तर शहरमा भने शोख!
आफ्ना सन्तान भन्दा
कुकुरलाई ज्यादा माया गर्ने पनि
देखेको छु मैले!
तर त्यो नितान्त
व्यक्तिगत रुचि र आर्थिक क्षमता ले
निर्धारण हुने रहेछ!
जर्मनीमा आएपछि भने
कुकुर पाल्ने शोख र त्यसको लागि आवश्यक
कानुनी प्रकिया को हद देखेको छु मैले!
यता कुकुरपाल्ने रितिले आफ्नो कुकुर
स्थानिय निकायमा दर्ता गर्नै पर्छ,
कुकुरको स्वास्थ्य अनि यसले अरु कसैलाई गर्नसक्ने
क्षतिको पनि विमा गर्नुपर्छ!
कतिपय स्थानमा कुकुरलान निशेध हुन्छ भने
कतै कुकुर लिएर राख्न मिल्ने
ठाउँ नै बनाइएको हुन्छ!
कतिपय कार्यालयमा त
कर्मचारीका कुकुर राख्ने
छुट्टै व्यवस्था गरिएको हुन्छ!
ठाँउ अनुसार
कुनै निश्चित जातको कुकुर पाल्न
'कुकुर पाल्ने शीप परिक्षा' समेत
पास गर्नुपर्ने रहेछ!
Comments
Post a Comment