पशुपति गौशाला

 जदौ!

यसपालीको नेपाल भ्रमणमा
स-परिवार पशुपति पनि जाने मौका मिल्यो!
सार्वजनिक यातायात प्रयोग गरेपछि
पशुपति पुग्न ओर्लिनुपर्ने गौशालामा!
गौशाला झरेर यो गेट देख्ने बित्तिकै
मलाई मेरो पहिलो काठमाडौं यात्राको
स्मरण भैरहेको थियो!
आज

पशुपति गौशालाको
समाचार देखेर आफ्नो पुरानो अनुभव
झन ताजा आयो!
२०५० सालको
त्यो पहिलो यात्रामा काठमाडौं मा हामी
गौशालामै बसेका थियौ!
सङै यात्रागर्ने यात्रुहरु
आफै पकाएर खाने भएकाले
उनिहरुलाई आफै पकाएर खाने ठाउँ चाहिने रहेछ!
हामीलाई पनि सस्तो बस्ने ठाउँ चाहिने!
पिताजी पहिले पहिले आउदा पनि
यतै बस्ने गर्नुहुदो रहेछ!
लामो बसाई हुने
काठमाडौं मा आफन्त नहुने
आफै पकाएर खानु पर्ने (आप्पाक्या)
अनि होटेल बस्ने नसक्ने
आर्थिक अवस्था हुनेहरुका लागि
यो धर्मशाला राम्रो रहेछ!
आधारभुत सुविधा रहेकाले राम्रो!
फेरि यसमा साझा बेड वा कोठा भनेर
छुट्टै लिन मिल्ने भएकाले
मलाई त्यतिबेला अति नै उत्तम लागेको थियो!
त्यसमाथि गौशालाको बसाई ले
पशुपतिको दर्शन गर्ने सजिलो हुने!
किनमेल र घुमघाम भने
रत्नपार्क तिर जानुपर्ने भएपनि
हिडेरै गइन्थ्यो!
गौशाला-रातोपुल-ज्ञानेश्वर्-कमलपोखरी-
कृष्ण पाउरोटी-घण्टाघर हुदै रत्नपार्क!
विहान हिडेर पुग्यो अनि बेलुका हिडेरै फर्क्यो!
हिडेरै जानुको अर्को कथा थियो!
कथा के हो भने
त्यो मेरो जुम्ला बाहिरको पहिलो यात्रा थियो!
२०५० सालको मङ्सिर महिना
हामी हिडेरै जुम्लाबाट ४ दिन लगाएर सुर्खेत पुगियो!
सुर्खेतबाट गाडिमा नेपालगन्ज रमाई रमाई पुगियो!
त्यो मेरो गाडिको पहिलो यात्रा थियो!
नेपालगन्ज पुगेपछि रुपैडिहा गएर रेल पनि हेरियो!
त्यसपछि काठमाडौं जाने योजना तय भयो!
रात्रीबसको टिकट काटेर फर्कने बेलामा
बसपार्कको छेउमा एउटा ठेलामा
स्वारी (हलुवा) बन्दै थियो!
हुनत म हलुवा (स्वारी) मनपर्ने मान्छे होइन!
तर किनकिन त्यो दिन चाख्न मन लाग्यो र चाखियो!
केहि समयपछि फेरी मुम्फली बदम पनि खाइयो!
गाडी चढुन्जेल सब ठिक थियो!
गाडी चलेको लगभग १-२ घण्टापछि
मलाई उल्टी हुन शुरु भयो र
त्यो क्रम काठमाडौं नपुगुन्जेल बिहान सम्म भैरह्यो!
नेपालगण्ज काठमाडौंको रात्रीबसबाट
नया बसपार्क ओर्लेपछि
त्यताबाट गौशाला जाने अर्को बस चढियो!
नयाँ बसपार्कबाट गौशाला जाने बसमा समेत वान्ता हुन छोडेन!
रातभरी केहि नखाएपछि
बिहान पख त हरियो पानी बाहेक
अरु केहि निस्केन!
आन्द्रा बटारिएर
पेट नै बाहिर निस्केला जस्तो हुन्थ्यो!
काठमाडौं पुगेको २-३ दिन सम्म त
राम्ररी होस हवास नै थिएन!
त्यसैले त्यो बेला हिड्नु नै उपयुक्त लागेको थियो!
त्यसैले धेरै नै हिडियो!
एक महिनाको काठमाडौं बसाईमा
हिडेरै जताततै पुगियो,
त्यसको एउटा फाइदा चाहि
गल्ली गल्ली चिनियो!
पछि काठमाडौं पढ्न आउदा सजिलो भयो!
आज जतिबेला पनि
गौशाला देखेपछि
उतिबेलाको बसाईको र बस यात्राको
झझल्को आइरहन्छ!

Comments

Popular posts from this blog

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective

जन्मदिन !!!