Posts

Showing posts from 2023

बहिनी बन्दनाको जन्मदिन

Image
मलाई याद छ, तिमी जन्मिनु अघि हाम्रो घरमा लक्ष्मीको बास थिएन! हाम्रा निधार रित्ता रित्ता हुन्थे! आमाले भनेको सम्झना छ, एउटा छोरी नभएर घर नै अँध्यारो भयो! छोराहरूको निधार खाली भयो! एउटा छोरी चाहियो! नभन्दै केही बर्ष पछि तिम्रो आगमन भयो! आमा सुत्केरी हुनेबेलाको मलाई धमिलो सम्झना छ! अस्पताल जाने/लाने खासै चलन त थिएन! तैपनि आवश्यक परे लाने भनेर मान्छे तयार थिए! घरैमा तालिम प्राप्त सुडेनीले सुत्केरी गराउने कुरो भयो! गाउकै तालिम प्राप्त सुडेनीले सहजरूप काम फत्ते गरेपछी आजकै दिन बिहान तिम्रो यस धरतीमा आगमन भयो! अहिले जस्तो जन्मनु अघि नै छोरा कि छोरी भनेर न थाहा पाउन सकिन्थ्यो न त्यसो गर्न पाइन्थ्यो! तर भाग्यले छोरी नै भयो! परिवारमा हर्ष छायो! नाम के राख्ने भनेर घरमा सल्लाह हुन थाल्यो! ज्योतिषीले जे राखे पनि हामीले (मैले) बन्दना नै राख्ने निर्णय गर्यौँ! बन्दना यस अर्थमा कि तिम्रो आगमनको लागि सबै परिवारले बन्दना (प्रार्थना) गरेका थिए! त्यो दिन देखि हाम्रो परिवारमा धेरै फलिफाप भएको छ! सबैको उन्नति र प्रगती भएको छ! दुई छोरा र एक छोरी सहित मातापिता पनि संसारकै सबैभन्दा खुशी हुनुहुन्थ्यो! बन्दना गरे...
Image
 पढाइका समयका कथाः दशैंमा पैसा आइनपुग्दा उ बेला म त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहको प्रथम बर्षको पढाई! बसाई भने काठमाडौंको डिल्लिबजार स्थित कालिकास्थान मन्दिर नजिक! जुम्लामा टेलिफोन अहिले जस्तो व्यापक भैसकेको थिएन ! आपतकालिन महत्वपुर्ण संचारको लागि ‘दुर संचार संस्थान’ बाट फोन वा ‘आकाशवाणी’ गर्नु पर्थ्यो भने अन्य साधारण संचारको लागि चिठिपत्र लेख्नु पर्थ्यो! पढाइ खर्च जुम्लाबाटै पठाउनुपर्ने भएपनि पैसो पठाउन सजिलो र भरपर्दो माध्यम थिएन! अहिले जस्तो जुम्ला र काठमाडौं बिच न बस चल्थ्यो, न त हवाइजहाज! जस्ले गर्दा हाते गरेर कसै सङ्ग पैसा पठाउन सकिने अवस्था थिएन! उसैपनी जुम्ला र काठमाडौं आवतजावत गर्ने मान्छेहरु नै एकदम कम हुन्थे! कोहि भेटिएपनि दुबैलाई चिन्ने वा पैसो हातमा पुर् ‍ याउन सक्ने भन्ने संभावना नगन्य नै हुन्थ्यो! समाधान चाहि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर जुम्लाबाट उक्तखातामा पैसो पठाउन नै भरपर्दो र सजिलो हुनेभयो! मैले पुतलीसडक स्थित सिंहदरबार शाखामा खाता खोलेर कारोबार गर्न शुरु गरे! खाता खोल्न न्युनतम रु १,००० बचत गर्नेपर्ने हुन्थ्यो जस्ले गर्दा अनावश्यक...