बहिनी बन्दनाको जन्मदिन

मलाई याद छ, तिमी जन्मिनु अघि हाम्रो घरमा लक्ष्मीको बास थिएन! हाम्रा निधार रित्ता रित्ता हुन्थे! आमाले भनेको सम्झना छ, एउटा छोरी नभएर घर नै अँध्यारो भयो! छोराहरूको निधार खाली भयो! एउटा छोरी चाहियो! नभन्दै केही बर्ष पछि तिम्रो आगमन भयो! आमा सुत्केरी हुनेबेलाको मलाई धमिलो सम्झना छ! अस्पताल जाने/लाने खासै चलन त थिएन! तैपनि आवश्यक परे लाने भनेर मान्छे तयार थिए! घरैमा तालिम प्राप्त सुडेनीले सुत्केरी गराउने कुरो भयो! गाउकै तालिम प्राप्त सुडेनीले सहजरूप काम फत्ते गरेपछी आजकै दिन बिहान तिम्रो यस धरतीमा आगमन भयो! अहिले जस्तो जन्मनु अघि नै छोरा कि छोरी भनेर न थाहा पाउन सकिन्थ्यो न त्यसो गर्न पाइन्थ्यो! तर भाग्यले छोरी नै भयो! परिवारमा हर्ष छायो! नाम के राख्ने भनेर घरमा सल्लाह हुन थाल्यो! ज्योतिषीले जे राखे पनि हामीले (मैले) बन्दना नै राख्ने निर्णय गर्यौँ! बन्दना यस अर्थमा कि तिम्रो आगमनको लागि सबै परिवारले बन्दना (प्रार्थना) गरेका थिए! त्यो दिन देखि हाम्रो परिवारमा धेरै फलिफाप भएको छ! सबैको उन्नति र प्रगती भएको छ! दुई छोरा र एक छोरी सहित मातापिता पनि संसारकै सबैभन्दा खुशी हुनुहुन्थ्यो! बन्दना गरे...