KTS: तुह्याइएको मेरो सपनाको सम्झना!

KTS: तुह्याइएको मेरो सपनाको सम्झना! यो हो जुम्लाको घुघुत्ती स्थित कर्णाली प्राविधिक शिक्षालय (KTS)! हुनत यो नेपालकै जेठो प्राविधिक शिक्षालय हो र यस्कै अनुभवका आधारमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को परिकल्पना गरिएको थियो! यस्को स्थापनाले जुम्ला लगायत कर्णाली क्षेत्रमा प्राविधिक जनशक्तीको विकास व्यापक भएको थियो! निर्माण देखि लिएर कृषि र स्वास्थ्य क्षेत्र जताततै समुदाय KTS द्वारा उत्पादित जनशक्ति कै बाहुल्यता थियो! उतिबेला स्थापना कालमा SLC मा उतिर्ण हुन नसक्नेलाई मात्रै भर्ना लिने नीति थियो! अहिलेको कथा अर्कै छ! त्यो शिक्षालय यति प्रभावकारी थियो कि SLC परिक्षाको नतिजा पछि धेरै मित्रहरुले उक्त शिक्षालयमा अध्ययन गरेपछि राम्रो रोजगार र व्यवसाय गरिरहनु भएको थियो! यसले समुदायमा आवश्यक प्राविधिक जनशक्तिको अभाव हुन दिएको थिएन! आफुले अध्ययन गरेको विद्यालय नजिकै भएपनी मलाई त्यता जाने मौका मिलेको थिएन! कता कता अपाएक पर्ने! आफू सङै विद्यालयमा अध्ययन गरेका थुप्रै साथिहरु त्यहाँ अध्ययनरत भएपनी मलाई त्यतिबेला न उक्त स्थानमा जाने रहर जाग्यो नै कुनै मेसो मिल्यो! इन्जिनियरिङको...