Posts

Showing posts from July, 2024

मुस्ताङका विभिन्न स्थानको भ्रमण गरी कालिगण्डकि कोरिडोर हुदै कोरला नाका पुगेपछि!

Image
  जदौ छकल्या! मुस्ताङका विभिन्न स्थानको भ्रमण गरी कालिगण्डकि कोरिडोर हुदै कोरला नाका पुगेपछि: १) बाटो भने गज्जब ठुलो रहेछ! केहि स्थानमा पुलहरु बन्दै रहेछन्! पुल बनाउने र पिच गर्ने काम सकिएपछि यो मार्गले व्यापारको लागि एउटा अब्बल विकल्ल दिने रहेछ! २) सिमाना पारी चीनलेभने १३०० घर सहितको नया बस्ती विकास गरी व्यापार तथा व्यवसायको लागि आवश्यक पर्ने सुपरमार्केट समेत बनाउने चरणमा रहेछ! ३) सिमानावारी नेपालमा भने अहिले १-२ टहरा र केहि अस्थाईपाल मा मान्छेहरु बसिरहेको देखियो! त्योपनि व्यापारिक कामको लागि अस्थाई बसोबास ! ४) ठुलो ग्रीनहाउस जस्तो शिशै शिशाको हाटबजार स्थलमा धेरै थरी सामान पाइने रहेछ ! पैसा भने नेपाली पनि चल्ने रहेछ! सालाखाला १ चाइनिज युवान बराबर २० नेपाली रुपिया को हिसाब गरेर कारोबार हुने रहेछ! ५) केहि बाहेक अरु पसलेहरु नेपालीबोल्न खासै नजान्ने तर दोभाषेहरु पनि हुने रहेछन! कतै नेपाली वा नया मान्छे किन्न जाने बित्तिकै दोभाषे आफै हाजिर भैहाल्ने! दोभाषेले भने मोलतोल गर्न सहयोग गरेर निकै कम मात्रै घटाउन भुमिका खेल्ने रहेछन! मेरो अनुभवमा दोभाषेले गरेको मोलतोलमा तिनिहरुको कमिशन समेत ...