Posts

Showing posts from August, 2024

कर्णाली प्राविधिक शिक्षालय (KTS) घुमेपछिको अनुभुति!

Image
कर्णाली प्राविधिक शिक्षालय (KTS) घुमेपछिको अनुभुति!  जदौ! जुम्ला घुमघाम को शिलशिलामा कर्णाली प्राविधिक शिक्षालय (KTS) पनि घुमियो! धेरै समयपछि यो शिक्षालयको अवलोकन गर्न पाइयो! २०३७ सालमा स्थापित यो शिक्षालयको अवधारणा अन्तर्गत नै CTEVT को स्थापना गरिएको हो! हालका शिक्षालय प्रमुख टेकेन्द्र थापा सङ शिक्षालयका विगतका तथा वर्तमानका कृयाकलाप र भविष्यको योजना बारे बुझ्न पाइयो! यसै छलफलमा आधारमा रहेर मेरा केहि निजि धारणा र निम्न उल्लेखित केहि सुझाव पेश गर्न चाहन्छु! १) कप्राशि कर्णालीको प्रदेशको एक जेठो र अनुभवि शिक्षालय हो! यसले कर्णाली लगायत देशका विभिन्न क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराएर ठुलो गुन लगाएको छ! तर यस्ले खेल्न सकिने भुमिका भने खेल्न पाएको छैन! अहिलेको यसको क्षमतामा केहि थप गर्ने बित्तिकै यसले नेपालका हिमाली क्षेत्रका भवन तथा बस्ती विकास अनि रुपान्तरणमा प्राविधिक सहायता (TA) दिन सक्तछ! तर हालसम्म यसबारे कसैले चासो दिएको छैन! २) लगभग ४३ वर्ष अगाडी जुम्ला र स्वीट्जरल्याण्ड को वास्तु समिश्रण गरेर भवनका डिजाइन र निर्माण भएका छन! ढुङ्गा काठ र माटोले बनेका यस्ता भवन कर्णालीका ...