एक प्रकृति पुजकको विलाप

एक प्रकृति पुजकको विलाप! हे प्रकृति! कति निर्दयी हुन सकेको? किनारामा बस्न बाध्य को छ, के तिमिलाई थाहा छैन र? कोहि किन किनारामा धकेलिन्छ? कोहि किन भिर पखेरामा अड्किन्छ ? कोहि किन जोखिम भन्ने जान्दाजान्दै जोखिममै जिन्दगी जिउँछ होला? गाउँघरमा भिरपाखो र खोला किनार सबैभन्दा काम नलाग्ने क्षेत्र, त्यो भन्दा अन्त आफ्नो पाउ टेक्ने भुइँ छैन! शहरमा आइयो, नदी किनारमा बस्न बाध्य भैयो! पानी नबग्ने तर ढल मात्रै होइन सारा शहरको दिशा, दुर्गन्ध र व्याधी समेत सहने गरेर हामीले के अभिसाप पाएका छौ? बाहिरबाट हेर्नेले नदीकिनारा कब्जा गरे भनिदिन्छन्! होला केहि नक्कली सुकुम्बासीले कब्जा गरे होलान्! हामी त नक्कली सुकुम्बासी त के सक्कली सुकुम्बासी पनि होइनौ! हामीलाई लागेको थियो, यो देश नै हाम्रो हो! यो सरकार नै हाम्रो हो! देश र सरकार हुने पनि कहि सुकुम्बासी हुन्छ र? देश र सरकार अविभावक बन्ला भन्ने हाम्रो आशा थियो! सिंहदरबार नजिक पुगे हाम्रो सुनिएला भन्ने थियो! त्यत्ति ठानेर सबैले दुत्कारेको, दुर्गन्ध बोकेको खोला छेउ बस्न आइपुगिएछ! आफ्नो भन्नु जमीन कतै नभएपछि, ज्यानधान्ने विशेष इलम र अवसर नभएपछि एक मुट्ठी शा...