मेरो बाल्यकाल र लाप्को !

मेरो बाल्यकाल र लाप्को ! जदौ! गैरागाउँ—मेरो बाल्यकालको आधारभूमि। चन्दननाथ मावि—जहाँ मैले जीवनका बारेमा केहि चिने र माध्यमिक तहमा पढाई गरे। तर यी दुईलाई जोड्ने बाटो केवल जमिनको यात्रा थिएन; त्यो मेरो मन, भाव, डर र संकल्पको यात्रा पनि थियो। र यस यात्रा बीचमा थियो—लाप्को। जुम्ली भाषामा ‘लाप्को’ भनिने यो अस्थायी काठको पुल, जसले तिलानदीको छालसँग जुध्दै गैरागाउँ र महतगाउँलाई जोडी राख्थ्यो। मलाई अझै सम्झना छ—लामो काठको दुई ठुट्ठा, जसलाई बिचबिचमा ठूल्ठूला गोल ढुंगाहरूले अड्याइएको हुन्थ्यो। यो संरचना देख्दा नै डर लाग्थ्यो। पानीको बहावको आवाजसँगै लाप्को पनि अलिकति झनक्क चलायमान हुन्थ्यो। त्यही भएर मेरी आमाको अर्ती जीवनभर स्मरणीय बन्यो— “बरु अलिक ढिलो होस्, लाप्कोबाट नजानु!” सिंहदरबारको आदेशभन्दा पनि ती शब्दहरूको तागत बढी थियो मेरो बाल्यकालमा। त्यही भएर एसएलसी पास नगरेसम्म कहिल्यै त्यो लाप्कोबाट स्कुल वा बजार गइनँ। छिनासाघुको लामो बाटो समाउने गर्थें— एक्लो, सुनसान, कहिले काँही डर लाग्दो। तर समयमै विद्यालय त्यो यात्रा त सार्थक लाग्थ्यो। पिताजीसँग कहिलेकाहीं जाँदा भने लाप्को पार गर्थें। त्यो ...