जन्मदिन !!!
जन्मदिन !!! गन्तव्य कता हो कता देखिएकै छैन, तर पनि यात्राको गोरेटोमा आज फेरि थप एक पाइलो अगाडि सर् यो ! वसन्तको हरियाली देखि शिशिरको पतझर सम्म पालैपालो घुमिरहने याम हो जीवनको जङ्गल, च्याउ उम्रीएको बूढो रुखमा आजै एउटा नयाँ पालुवा पलायो ! संघर्ष नै जीवन या भनौं जीवन नै संघर्ष जहाँ पाइला पाइलामा सयौं चुनौती आइरहन्छन् ! नटुङ्गिने विरानो यात्रामा हिडेपछि अलिकती नयाँ बाटो आफैले कोतर्नु नै पर्ने, अलिकती आफ्नो आफैले औजार तिखार्नु नै पर्ने, अलिकती 'सामल र पानी' को जोहो गर्नु नै पर्ने ! एकछिन दौड्यो, एकछिन थकाई मार् यो, फेरि एकछिनपछि लुखुरलुखुर हिड्नु नै पर्ने ! मनमा एकातिर चन्द्रमा छुने चाह, अर्कोतिर धरतीको धुलो बनेको आह ! जहाँ जे भए पनि, जहाँ जे बने पनि, आमाको काख जति अरु केही नहुने ! जन्मेको धरती सरि अरु केहीले नछुने ! यस्सै भनेनन् होला 'जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी' ! विहानै चिसो सिरेटोले कान सेक्दै बाबाले बोलाएको मीठो आवाज ल्याईपुर् यायो, 'बाबु कति सुत्छौ अझै? अब त उठ्न पर् यो'! आमाले टाउको मुसार्दै गर्दाको न्यानो स्पर्शले झसङ्ग ब्युझिएर हेर्दा भित्ताब...