Posts

Showing posts from May, 2025

कर्णाली राजमार्गमा पिच माथि पिच!

Image
  कर्णाली राजमार्गमा पिच माथि पिच! जदौ! कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे हुदै रहेछ! ठेकेदारले भने अनुसार २ से मी मोटाईको कालो पत्रे हुने रहेछ र यो आवधिक मर्मत सम्भार अन्तरगतको काम रहेछ! के राष्ट्रीय राजमार्गको आवधिक मर्मत सम्भार भनेको २ सेमी कालोपत्रे थपिदिएर (त्यै पनि पुरानो कालोपत्रे माथि) हुने हो? नेपालको राजमार्ग नियमित मर्मत सम्भारको मापदण्ड यहि हो त? सामान्यतया राजमार्ग मर्मत सम्भार तीन किसिमका हुन्छन: १. नियमित मर्मत (रुटिन मेन्टेनान्स): - खाल्डा भर्ने, साइड ड्रेन सफा गर्ने, किनारामा उम्रेको बिरुवा काट्ने, र सडक चिन्हहरू अपडेट गर्ने जस्ता दैनिक/साप्ताहिक कार्य। - सडकको सतहमा आएको सानो-मध्यम क्षति तुरुन्त मर्मत गर्ने। २. आवधिक मर्मत (पीरियोडिक मेन्टेनान्स): - ३–५ वर्षमा एक पटक सडकको पूर्ण पुनः निर्माण वा ओभरले गर्ने (जस्तै: नयाँ डामर लगाउने, सब-बेस मजबुत गर्ने)। - ठूलो परिमाणमा क्र्याक, रटिङ्ग, वा डिफर्मेसन लाई समाधान गर्ने। ३. आपतकालीन मर्मत (इमर्जेन्सी मेन्टेनान्स): - बाढी, पहिरो, वा भूकम्प जस्तो प्राकृतिक प्रकोपपछि सडक अवरुद्ध भएमा २४ घण्टाभित्र ...

सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

Image
  सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी म विगतका केही दशकदेखि नेपालका जलवायु समस्याग्रस्त क्षेत्रहरू तराईदेखि हिमालका गाउँसम्म, जलवायु परिवर्तन, सामाजिक विकास, विपद् व्यवस्थापन, मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न काममा संलग्न छु। यी वर्षहरूमा मैले बदलिँदो मौसमले समाजमा पारेको आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रहारका विविध रूपहरू प्रत्यक्ष रूपमा देखेको छु। तर, ती सबै अनुभवहरूभन्दा गहिरो असर त्यसबेला पर्यो, जब मैले सम्जोङ गाउँको कथा बुझेँ। एउटा यस्तो गाउँ, जसले जलवायु अन्यायको मूल्यस्वरूप आफ्नो घर, पहिचान, संस्कृति र स्मृतिसहितको भूमि गुमाउनुपर्‍यो। यो केवल भौगोलिक विस्थापन थिएन; यो सपना, पहिचान, सांस्कृतिक विरासत र न्यायप्रतिको आस्था गुमाउने गहिरो क्षण थियो। गत साल मुस्ताङ भ्रमणका क्रममा सम्जोङको नाम पहिलो पटक सुनेँ। लोमाङ्थाङबाट कोरला नाका जाने बेलामा मुस्ताङबाट प्रदेश सभामा निर्वाचित माननीय विकल शेरचनज्यूले बाटोमा भन्नुभयो, “उ त्यहाँ नै हो, सम्जोङ भन्ने गाउँ भएको, तर अब त्यहाँ गाउँ छैन। विस्थापित भएर अन्त्य भइसक्यो।” त्यतिबेला पारिवारिक भ्...

जलवायु परिवर्तनजन्य सङ्कट: संवाद, सामूहिक उत्तरदायित्व र न्यायको आँखा

Image
  सायद हामी कल्पना गर्न सक्दैनौँ कि आफू जन्मेको थातथलो चटक्क छोडेर अन्तै बसाइँ सर्नुपर्ने पीडा, त्यो पनि रहरले होइन, बाध्यताले! यस्तै दुर्भाग्यपूर्ण बाध्यता पर्नेमा मुस्ताङको सम्जोङ गाउँ पनि एक हो। सन् २०१२ मा मुस्ताङको सम्जोङ गाउँका ८६ बासिन्दा लगातारको खडेरी र पानीको अभावले आफ्ना पुर्खाको थलो त्यागेर ११ किमी टाढा नामासुङ सर्न बाध्य भए। त्यहाँबाट केही वर्ष नपुग्दै ध्ये र यारा गाउँका बासिन्दाले पनि हिमताल विस्फोटको जोखिमका कारण स्थानान्तरणको सम्भावना झनै नजिकिएको अनुभव गर्न थाले। पुरा आलेख हेर्नः यता क्लिक गर्नुस