Posts

Showing posts from October, 2024

कुकुर तिहार 2081

Image
  जदौ! आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार! कुकुर अर्थात श्वान सबैभन्दा पातलो निद्रा भएको, अनि मानिसको सबैभन्दा ज्यादा बफादार, आफ्नो रितिको भावना बुझ्ने भएर होला यसको पुजा गरिएको! अझ नेपाली परम्परा अनुसार यमदुतको रुपमा यसलाई पुजा गरिन्छ! असल विद्यार्थीका पाच लक्षण मध्ये कुकुरको जस्तो पातलो निद्रा हुनु पनि मानिन्छ! हुनत म सानो हुनेबेलामा हाम्रो घरमा कुकुर पालेको सम्झना छ! जुम्लाको घरमा त अहिले पनि एउटा सानो प्यारो कुकुर तैपनि म मा कुकुर प्रति अलिकति डर अझै छ! गाउँमा कुकुर पाल्नाका धेरै कारण हुने! मुख्य कुरो घरको पहरेदार! तर शहरमा भने शोख! आफ्ना सन्तान भन्दा कुकुरलाई ज्यादा माया गर्ने पनि देखेको छु मैले! तर त्यो नितान्त व्यक्तिगत रुचि र आर्थिक क्षमता ले निर्धारण हुने रहेछ! जर्मनीमा आएपछि भने कुकुर पाल्ने शोख र त्यसको लागि आवश्यक कानुनी प्रकिया को हद देखेको छु मैले! यता कुकुरपाल्ने रितिले आफ्नो कुकुर स्थानिय निकायमा दर्ता गर्नै पर्छ, कुकुरको स्वास्थ्य अनि यसले अरु कसैलाई गर्नसक्ने क्षतिको पनि विमा गर्नुपर्छ! कतिपय स्थानमा कुकुरलान निशेध हुन्छ भने कतै कुकुर लिएर राख्न मिल्ने ठाउ...

जन्म दिन 2081

Image
  आज मेरो लागि विशेष दिन! आज भन्दा २ बीसऽ ४ बर्ष अघि यस धरतिमा जन्मलिएको दिन! यस जीवनको मध्यतिर पुग्दा सम्म अनेकौ मोडहरु पार गरियो! निश्चल र निष्कपट बालापन पछि चन्चले किशोर हुदै युवा अनि अहिले युवावस्था भर्खरै पार गरेर प्रौढ बन्ने दिशातिर निरन्तर लम्किएको एक भुइमान्छे - अर्थात म! आजसम्मको जीवनमा गुरु, मातापिता, परिवार, साथिभाई तथा गाउँसमाजको प्यारो बन्ने कोसिस गरियो! जानीजानी कसैको कुभलो गरिएन! जीवनमा सोचेका र साँचेका कयौँ सपना र योजना अधुरै छन! धैर्यपुर्वक र अथक भै निरन्तर परिश्रम गर्ने बानी मातपिताबाट ग्रहण गरेको छु! भाई बहिनी बाटपनि उत्तिकै आदर र माया पाएको छु! बाल्यकालमा जन्मदिन माताजीले बनाएको सेलरोटी, टाट्या, खीर खादै मातापिताको टिका अनि आशिर्वाद लिएर मनाइयो! उतिबेला न विगतको सम्झना, न वर्तमानको चिन्ता , न कुनै भविष्यको सपना! उन्मुक्त! युवाहुदा भने यदाकदा केक काटेर मनाइयो, उतिबेला वर्तमानमा ज्यादै रमाइयो अनि भविश्यका धेरै कल्पना पनि गरियो! होहल्ला र रमझम पनि त्यत्तिकै! अब प्रौढावस्थामा पुगेपछि भने पुराना कुरा उत्तिकै सम्झिइने, वर्तमानले ज्यादा अल्झाउने तर भविष्यका नया कल्पना ...

पशुपति गौशाला

Image
  जदौ! यसपालीको नेपाल भ्रमणमा स-परिवार पशुपति पनि जाने मौका मिल्यो! सार्वजनिक यातायात प्रयोग गरेपछि पशुपति पुग्न ओर्लिनुपर्ने गौशालामा! गौशाला झरेर यो गेट देख्ने बित्तिकै मलाई मेरो पहिलो काठमाडौं यात्राको स्मरण भैरहेको थियो! आज पशुपति गौशालाको समाचार देखेर आफ्नो पुरानो अनुभव झन ताजा आयो! २०५० सालको त्यो पहिलो यात्रामा काठमाडौं मा हामी गौशालामै बसेका थियौ! सङै यात्रागर्ने यात्रुहरु आफै पकाएर खाने भएकाले उनिहरुलाई आफै पकाएर खाने ठाउँ चाहिने रहेछ! हामीलाई पनि सस्तो बस्ने ठाउँ चाहिने! पिताजी पहिले पहिले आउदा पनि यतै बस्ने गर्नुहुदो रहेछ! लामो बसाई हुने काठमाडौं मा आफन्त नहुने आफै पकाएर खानु पर्ने (आप्पाक्या) अनि होटेल बस्ने नसक्ने आर्थिक अवस्था हुनेहरुका लागि यो धर्मशाला राम्रो रहेछ! आधारभुत सुविधा रहेकाले राम्रो! फेरि यसमा साझा बेड वा कोठा भनेर छुट्टै लिन मिल्ने भएकाले मलाई त्यतिबेला अति नै उत्तम लागेको थियो! त्यसमाथि गौशालाको बसाई ले पशुपतिको दर्शन गर्ने सजिलो हुने! किनमेल र घुमघाम भने रत्नपार्क तिर जानुपर्ने भएपनि हिडेरै गइन्थ्यो! गौशाला-रातोपुल-ज्ञानेश्वर्-कमलपोखरी- कृष्ण पाउरोटी-घ...

माताजीको श्राद्ध तिथि 2081

Image
  आज आश्विन कृष्ण चतुर्दशी अर्थात माताजीको श्राद्ध तिथि! माताजी कोरोनाको कहरको माझमा ब्रम्हलिन हुनुभएको थियो! मेरो कर्मको फल भन्ने कि भाग्य भन्ने मैले अन्तिम समयमा माताजीको मुख सम्म पनि हेर्न पाइन! परदेश मै बसेर गर्नुपर्ने कर्म गरियो! गत महिना नेपाल गएको बेलामा मुक्तिनाथ पुग्नुअघि कागबेनीमा माताजी को सम्झनामा माताजी कै नाममा तर्पण दिने काम गरियो! माता बिनाको घर कस्तो हुन्छ भनेर कसैले सोध्यो भने अहिले ठ्याक्कै आफ्नै घरको सम्झना हुन्छ! यसपल्ट धेरै समयपछि घर गैयो, तर माताजी नहुँदा घर पुगेकै अनुभुति भएन! माताजीको बोलीले पछ्याईरह्यो! उहाँको हाँसो अनि उहाँको डाकोले बोलाईरह्यो! उहाँले दाउरा घाँस गर्ने जङगल, उहाँले खेतिपाती गर्ने खेतबारी, बिस्कुन सुकाउने आँगन, खाना बनाउने अनि सबै परिवारले सङै खाने भान्सा, खानेपानी बोक्न दुख भयो भनेर घरैमा जोडेको धारो, गाउँमै पहिलोपल्ट बनाएको चर्पी , जौँ गहुँ,सिमिकोदो भट्ट्,फापर सुकाउने र चुट्ने थाडो, धान थन्क्याउन भनेर उहाँले नै बनाउनु भएका माटोमा ढरा र भकारी, दैनन्दिन रातोमाटो ले लिपिने दैलो, सब बिराना बिराना भएछन्। घरमा उहाँको स्मृति मात्रै छन्, केवल स्...