Posts

Showing posts from 2025

अल्बानिया घुम्दा सम्झिएको नेपाल : शहरी योजनाहरुको तुलनात्मक यात्रा र सिकाई

Image
  अल्बानियाका शहरहरू दुर्रेस, तिराने र बेरातको अनुभव र नेपालका शहरहरू काठमाडौं र वीरेन्द्रनगरको तुलनाले हामीले सुरुमा उठाएका प्रश्नहरू: के भूगोल साँच्चै नियति हो? वा संस्थाहरू, इतिहास र राजनीतिले कुनै स्थानको भविष्य निर्धारण गर्छन्? को जवाफ दिन्छ। कुनै पनि स्थानको भविष्य त्यसको भौगोलिक अवस्थितिमा मात्र निर्भर हुँदैन, बरु त्यसलाई आकार दिने नीति, संस्था, र राजनीतिक इच्छाशक्तिमा निर्भर हुन्छ। यद्यपि, यो जिम्मेवारी केवल सरकारको मात्र नभई नागरिक, समुदाय र संस्थाको सामूहिक प्रयासमा टिकेको हुन्छ, जुन शहरी विकासको सम्पूर्ण प्रक्रिया—परिकल्पनादेखि योजना, कार्यान्वयन र अनुगमनसम्ममा आवश्यक छ। इतिहासले देखाउँछ कि ठूला राजनीतिक परिवर्तनका समयमा, उचित नियमन र नियन्त्रणको अभावमा, शहरी विकासको योजना तहसनहस हुने र ऐतिहासिक विरासतहरू ध्वस्त पारिने सम्भावना उच्च हुन्छ। जहाँ नेपालले विदेशी शक्तिको उपनिवेशबाट जोगिँदै आफ्नै परम्परागत शहरी स्वरूपहरू (काठमाडौं उपत्यका) र नयाँ पहलहरू (वीरेन्द्रनगर) लाई आन्तरिक राजनीतिक संक्रमणका क्रममा क्षति पुर्‍यायो, त्यहीँ अल्बानियाले ओटोमन र इटालियन उपनिवेशको प्रभावलाई...

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

Image
  कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म ! कर्णालीका बस्तीहरूले हजारौं वर्षको अनुकूलन, प्राचीन खस साम्राज्यको उत्थान, पतन र आधुनिक नेपालको केन्द्रिकृत राज्यको सौतेनी व्यवहारको लामो यात्रा तय गरेका छन्। २१औं शताब्दीमा आइपुग्दा, सडक पूर्वाधारको विस्तार, राजनीतिक परिवर्तन र प्रविधिको विकासले यस क्षेत्रमा तीव्र भौतिक, सामाजिक र आर्थिक रूपान्तरण ल्याएको छ। वीरेन्द्रनगर र चन्दननाथ जस्ता क्षेत्रहरूमा अनियोजित शहरीकरणले वातावरणीय जोखिम र कृषि जमिनको क्षय निम्त्याएको छ भने, सिमीकोट, हाल्चे र धो जस्ता दुर्गम हिमाली बस्तीहरूमा पनि परम्परागत जीवनशैली र भौतिक संरचनामा असाधारण तीव्र परिवर्तन देखिँदैछ। पुरा यता पढ्नुहोस

कर्णाली प्रदेशमा विपद् र विकास बीच सन्तुलन: यथार्थ, नीति र भविष्यका पहल

Image
  कर्णाली प्रदेशमा विपद् र विकास बीच सन्तुलन: यथार्थ, नीति र भविष्यका पहल कर्णालीमा बर्खा लाग्नासाथ सुर्खेती गायक अञ्जन बाबु र सङ्गीत श्रोताको मार्मिक गीत ‘चरी लैजा समाचार’ का शब्दहरू गुञ्जिन थाल्छन्: “हिजो नि उस्तै आज नि उस्तै, भोलि के हुनी हो? न दिन राम्रो न साँझ हाम्रो, कतिन्जेल रुनी हो?” यो प्रश्नले यहाँको विपद् चक्र र अदृश्य लागतको यथार्थलाई छर्लङ्ग पार्छ। बर्खा–पहिरो, नदीको कटान, सडक बग्ने, पुल भत्कने, बस्ती विस्थापित हुने, यी दृश्यहरू यहाँ वार्षिक अनुष्ठानजस्ता भइसकेका छन्। यसको पुष्टि नेपाल विश्वमै भूकम्पीय जोखिममा ११औँ, बाढीपहिरोमा ३०औँ, र जलवायु परिवर्तनको जोखिममा चौथो स्थानमा पर्नुले गर्छ (स्रोत: नेपाल राष्ट्रिय स्वैच्छिक प्रतिवेदन, MTR SF, २०८०)। यी जोखिमहरूको प्रत्यक्ष प्रभाव भोग्ने प्रदेशहरूमध्ये कर्णाली उच्च जोखिमयुक्त प्रदेशका रूपमा पहिचान गरिएको छ (स्रोत: कर्णाली प्रदेश विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२)। तर प्रश्न उठ्छ: यो किन भइरहेको छ? किन हरेक वर्ष यही अवस्था दोहोरिन्छ? हामी नीतिमा चुकेका छौँ कि हाम्रो नियति नै यस्तै हो? यो लेखमा म यी सवालहरूको जवाफ ख...

कर्णाली प्रदेशको बजेट २०८२/८३: वित्तीय निर्भरता, क्षेत्रीय असन्तुलन र चुनौतीहरू

Image
  कर्णाली प्रदेशको बजेट २०८२/८३: वित्तीय निर्भरता, क्षेत्रीय असन्तुलन र चुनौतीहरू कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) का लागि सार्वजनिक गरेको रु. ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेशको वित्तीय प्राथमिकता, आन्तरिक चुनौती र सङ्घीयताको अभ्यासमा देखिएका जटिलताहरूको प्रतिविम्ब हो। यस बजेटमा ६०.५५ प्रतिशत पूँजीगत खर्च, २३.६४ प्रतिशत चालू खर्च, १३.९५ प्रतिशत स्थानीय तह वित्तीय हस्तान्तरण र १.८६ प्रतिशत वित्तीय व्यवस्थापनका लागि विनियोजन गरिएको छ। बाहिरबाट हेर्दा यो बजेट भौतिक पूर्वाधारमा केन्द्रित र उत्पादकत्व अभिवृद्धिमा लक्षित देखिन्छ, तर कर्णालीको जटिल भौगोलिक, सामाजिक, र संस्थागत यथार्थसँग यसको तुलना गर्दा, यो बजेटले क्षेत्रीय न्याय, समावेशी विकास, र दिगोपनका आधारभूत सवालहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको गम्भीर विश्लेषण गर्न सकिन्छ। विशेषगरी, सङ्घीय सरकारमाथिको अत्यधिक वित्तीय निर्भरता, आन्तरिक राजस्व सङ्कलनमा देखिएका कमजोरीहरू, क्षेत्रीय विकासमा असन्तुलन, अव्यवस्थित शहरीकरणका चुनौतीहरू, सामाजिक समावेशीकरणमा प्रतीकात्मक विनियोजन, राजनीतिक हस्तक्षेप...

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!

Image
  वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ! हाम्रा शहरहरूमा अहिले विकासको नाममा कंक्रिटकै प्रतिस्पर्धा सुरु भएको छ। स्थानीय परामर्श, सह-निर्माण र जैविक शहर निर्माणभन्दा ठेक्कापट्टा र नक्कल बढिरहेको छ। हामीले शहरलाई निर्माण साइट सम्झ्यौं, मानिसलाई प्रयोगकर्ता बनायौं। तर शहर भनेको “साझा सपना” हो, जहाँ आकाश सबैका लागि समान हुन्छ, जहाँ बाटो सबैतिर जान्छ, जहाँ बालक, वृद्ध, महिला, दलित, अपाङ्ग, विदेशी, पशु, चराचुरुंगी सबै एकसाथ सास फेर्छन्। धनी होस कि गरिब, महलमा बस्ने होस कि फुटपाथमा खुल्ला आकाशमा, स्थानिय होस कि बाहिरिया, स्वदेशी होस कि विदेशी, सडकमा भिख माग्ने देखि लिएर सबैभन्दा महँगो होटलमा खाने र सपिङ मलमा किनमेल गर्ने सबैलाई समेट्ने शहर जहाँ विगत, वर्तमान र भविष्य अनि प्रकृति र प्रविधिको मिश्रण भएको शहर नै सच्चा शहर हो। जाँगर छ भने समय अझैं घर्केको छैन, सबै मिलेर साझा योजना तयार पारौं। तर चमत्कारको पछि लागेर अन्धभक्त बन्ने हो भने अहिले हाम्रा शहर पहिले भन्दा कुरुप भएका छन्, ती अझै नरक झै बन्न बेर लाग्दैन। पुरा पढ्नुहोस

हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

Image
  हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति हिल्सा, नेपालको सुदूर उत्तरपश्चिमी सीमाना, जहाँ भौगोलिक उचाइ मात्र होइन, मानवीय अनुभवको गहिराइ पनि परीक्षण हुन्छ। यो ठाउँ मेरो लागि केवल भौगोलिक गन्तव्य थिएन। यो एउटा मनस्थितिको नाम थियो: जहाँ न त धड्कन नियमित हुन्छ, न त श्वास सामान्य। यो ठाउँ नेपालकै भए पनि धेरैजसो नेपालीका लागि नदेखिएको भूगोल थियो, र मेरो लागि त झन् टाढाको, तर अवश्य पुग्नैपर्ने गन्तव्य। कर्णालीको मुहान नजिकको सिमिकोट, जहाँबाट मानसरोवर जाने नाकाको अन्तिम नेपाली बस्ती सुरु हुन्छ। त्यही ठाउँमा म ‘हिल्सा–सिमिकोट सडक चौडाइ विस्तार कार्यक्रम’अन्तर्गत प्राविधिकको रूपमा खटिएको थिएँ। उद्देश्य थियो: खाद्य असुरक्षा घटाउने र सुदूर हिमाली भेगहरूमा पहुँच विस्तार गर्ने। तर व्यवहारमा, यो केवल बाटो निर्माण थिएन। यो साहस, मानवीय सहनशीलता र नेपालीपनको जीवन्त प्रदर्शन थियो। थप पढ्नका लागि यहां क्लिक गर्नुस

मुगु, चिताई र डोल्फु: एक अविस्मरणीय यात्राको डायरी

Image
  मुगु, चिताई र डोल्फु: एक अविस्मरणीय यात्राको डायरी यो डायरी केवल एक सामान्य यात्राको वर्णन मात्र होइन, यो राज्यबाट वञ्चित समुदायहरूको जीवन, आकांक्षा र सहजीकरणको साक्षी पनि हो। मैले विगत दुई दशकदेखि कर्णाली क्षेत्र र त्यस्ता बहिष्कृत तथा सामाजिक रूपमा पिछडिएका समुदायहरूलाई सशक्त बनाउँदै उनीहरूका मौलिक अधिकारहरू, विशेष गरी विकासको अधिकार दाबी र अभ्यास गर्न सहजीकरण र सहयोग गर्दै बिताएको अनुभवलाई यस डायरीमा समेटेको छु। कर्णालीका यी दुर्गम भेगहरूमा काम गर्दा मैले त्यहाँका स्थानीय समुदायहरूको जीवनशैली, चुनौतीहरू र विकासका आकांक्षाहरूलाई नजिकबाट अनुभव गर्ने अवसर पाएँ। यी क्षेत्रहरू राष्ट्रिय विकासको मुख्यधाराबाट अलग्गिएका, स्रोत र अवसरको अभावले ग्रस्त, सामाजिक, भौगोलिक र आर्थिक हिसाबले अत्यन्तै दुर्गम छन्। यद्यपि, त्यहाँका मानिसहरूमा विकासप्रतिको सशक्त इच्छा र सपना झल्किन्छ। यो डायरी त्यही यात्रा र अनुभूतिहरूको प्रतिबिम्ब हो—जहाँ विकास मात्र नभई समानता, न्याय र समुदायको आत्मनिर्भरतामा पनि जोड छ। मेरो यो डायरीको पहिलो शृङ्खला मुगु, चिताई र डोल्फुको यात्राबाट सुरु गरेको छु। पुरा पढ्न यता ...

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

Image
  कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा (हागेनको खुला वायु सङ्ग्रहालयको प्रेरणामा आधारित एक दृष्टिकोण) KTS का विभिन्न क्षेत्रलाई विभाजन गरेर कर्णालीलगायत नेपालको हिमाली क्षेत्रमा अपनाइएका परम्परागत निर्माण प्रविधि, सीप र शिक्षालयले प्रवर्द्धन गरेका प्रविधिहरू समेटेर जीवन्त सङ्ग्रहालयको रूपमा रूपान्तरण गर्न असम्भव छैन। यसले पर्यटकहरूलाई तीन प्रमुख क्षेत्रमा यात्रा गर्ने अवसर दिनेछ। वास्तुकला क्षेत्रमा स्विस-नेपाली निर्माण प्रविधिको प्रत्यक्ष प्रदर्शन हुनेछ, जहाँ विद्यार्थीहरूले ढुङ्गा काट्ने, माटो ढाल्ने परम्परागत तरिका देखाउनेछन्। शैक्षिक इतिहास क्षेत्रमा २०३७ सालदेखिका पाठ्यक्रम, औजारहरू र CTEVT को जन्मकथा प्रदर्शनी हुनेछ। कर्णाली हिमाली खस जीवनशैली क्षेत्रमा देउसी-भैलोको प्रत्यक्ष प्रदर्शन, जडीबुटी बगैँचा र स्थानीय खाना चख्ने केन्द्रहरू मार्फत कर्णालीको सांस्कृतिक DNA जीवन्त राखिनेछ। पुरा आलेख हेर्नः यता क्लिक गर्नुस

कर्णाली राजमार्गमा पिच माथि पिच!

Image
  कर्णाली राजमार्गमा पिच माथि पिच! जदौ! कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे हुदै रहेछ! ठेकेदारले भने अनुसार २ से मी मोटाईको कालो पत्रे हुने रहेछ र यो आवधिक मर्मत सम्भार अन्तरगतको काम रहेछ! के राष्ट्रीय राजमार्गको आवधिक मर्मत सम्भार भनेको २ सेमी कालोपत्रे थपिदिएर (त्यै पनि पुरानो कालोपत्रे माथि) हुने हो? नेपालको राजमार्ग नियमित मर्मत सम्भारको मापदण्ड यहि हो त? सामान्यतया राजमार्ग मर्मत सम्भार तीन किसिमका हुन्छन: १. नियमित मर्मत (रुटिन मेन्टेनान्स): - खाल्डा भर्ने, साइड ड्रेन सफा गर्ने, किनारामा उम्रेको बिरुवा काट्ने, र सडक चिन्हहरू अपडेट गर्ने जस्ता दैनिक/साप्ताहिक कार्य। - सडकको सतहमा आएको सानो-मध्यम क्षति तुरुन्त मर्मत गर्ने। २. आवधिक मर्मत (पीरियोडिक मेन्टेनान्स): - ३–५ वर्षमा एक पटक सडकको पूर्ण पुनः निर्माण वा ओभरले गर्ने (जस्तै: नयाँ डामर लगाउने, सब-बेस मजबुत गर्ने)। - ठूलो परिमाणमा क्र्याक, रटिङ्ग, वा डिफर्मेसन लाई समाधान गर्ने। ३. आपतकालीन मर्मत (इमर्जेन्सी मेन्टेनान्स): - बाढी, पहिरो, वा भूकम्प जस्तो प्राकृतिक प्रकोपपछि सडक अवरुद्ध भएमा २४ घण्टाभित्र ...

सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

Image
  सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी म विगतका केही दशकदेखि नेपालका जलवायु समस्याग्रस्त क्षेत्रहरू तराईदेखि हिमालका गाउँसम्म, जलवायु परिवर्तन, सामाजिक विकास, विपद् व्यवस्थापन, मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न काममा संलग्न छु। यी वर्षहरूमा मैले बदलिँदो मौसमले समाजमा पारेको आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रहारका विविध रूपहरू प्रत्यक्ष रूपमा देखेको छु। तर, ती सबै अनुभवहरूभन्दा गहिरो असर त्यसबेला पर्यो, जब मैले सम्जोङ गाउँको कथा बुझेँ। एउटा यस्तो गाउँ, जसले जलवायु अन्यायको मूल्यस्वरूप आफ्नो घर, पहिचान, संस्कृति र स्मृतिसहितको भूमि गुमाउनुपर्‍यो। यो केवल भौगोलिक विस्थापन थिएन; यो सपना, पहिचान, सांस्कृतिक विरासत र न्यायप्रतिको आस्था गुमाउने गहिरो क्षण थियो। गत साल मुस्ताङ भ्रमणका क्रममा सम्जोङको नाम पहिलो पटक सुनेँ। लोमाङ्थाङबाट कोरला नाका जाने बेलामा मुस्ताङबाट प्रदेश सभामा निर्वाचित माननीय विकल शेरचनज्यूले बाटोमा भन्नुभयो, “उ त्यहाँ नै हो, सम्जोङ भन्ने गाउँ भएको, तर अब त्यहाँ गाउँ छैन। विस्थापित भएर अन्त्य भइसक्यो।” त्यतिबेला पारिवारिक भ्...

जलवायु परिवर्तनजन्य सङ्कट: संवाद, सामूहिक उत्तरदायित्व र न्यायको आँखा

Image
  सायद हामी कल्पना गर्न सक्दैनौँ कि आफू जन्मेको थातथलो चटक्क छोडेर अन्तै बसाइँ सर्नुपर्ने पीडा, त्यो पनि रहरले होइन, बाध्यताले! यस्तै दुर्भाग्यपूर्ण बाध्यता पर्नेमा मुस्ताङको सम्जोङ गाउँ पनि एक हो। सन् २०१२ मा मुस्ताङको सम्जोङ गाउँका ८६ बासिन्दा लगातारको खडेरी र पानीको अभावले आफ्ना पुर्खाको थलो त्यागेर ११ किमी टाढा नामासुङ सर्न बाध्य भए। त्यहाँबाट केही वर्ष नपुग्दै ध्ये र यारा गाउँका बासिन्दाले पनि हिमताल विस्फोटको जोखिमका कारण स्थानान्तरणको सम्भावना झनै नजिकिएको अनुभव गर्न थाले। पुरा आलेख हेर्नः यता क्लिक गर्नुस

मेरो बाल्यकाल र लाप्को !

Image
  मेरो बाल्यकाल र लाप्को ! जदौ! गैरागाउँ—मेरो बाल्यकालको आधारभूमि। चन्दननाथ मावि—जहाँ मैले जीवनका बारेमा केहि चिने र माध्यमिक तहमा पढाई गरे। तर यी दुईलाई जोड्ने बाटो केवल जमिनको यात्रा थिएन; त्यो मेरो मन, भाव, डर र संकल्पको यात्रा पनि थियो। र यस यात्रा बीचमा थियो—लाप्को। जुम्ली भाषामा ‘लाप्को’ भनिने यो अस्थायी काठको पुल, जसले तिलानदीको छालसँग जुध्दै गैरागाउँ र महतगाउँलाई जोडी राख्थ्यो। मलाई अझै सम्झना छ—लामो काठको दुई ठुट्ठा, जसलाई बिचबिचमा ठूल्ठूला गोल ढुंगाहरूले अड्याइएको हुन्थ्यो। यो संरचना देख्दा नै डर लाग्थ्यो। पानीको बहावको आवाजसँगै लाप्को पनि अलिकति झनक्क चलायमान हुन्थ्यो। त्यही भएर मेरी आमाको अर्ती जीवनभर स्मरणीय बन्यो— “बरु अलिक ढिलो होस्, लाप्कोबाट नजानु!” सिंहदरबारको आदेशभन्दा पनि ती शब्दहरूको तागत बढी थियो मेरो बाल्यकालमा। त्यही भएर एसएलसी पास नगरेसम्म कहिल्यै त्यो लाप्कोबाट स्कुल वा बजार गइनँ। छिनासाघुको लामो बाटो समाउने गर्थें— एक्लो, सुनसान, कहिले काँही डर लाग्दो। तर समयमै विद्यालय त्यो यात्रा त सार्थक लाग्थ्यो। पिताजीसँग कहिलेकाहीं जाँदा भने लाप्को पार गर्थें। त्यो ...