पशुपति गौशाला
जदौ! यसपालीको नेपाल भ्रमणमा स-परिवार पशुपति पनि जाने मौका मिल्यो! सार्वजनिक यातायात प्रयोग गरेपछि पशुपति पुग्न ओर्लिनुपर्ने गौशालामा! गौशाला झरेर यो गेट देख्ने बित्तिकै मलाई मेरो पहिलो काठमाडौं यात्राको स्मरण भैरहेको थियो! आज पशुपति गौशालाको समाचार देखेर आफ्नो पुरानो अनुभव झन ताजा आयो! २०५० सालको त्यो पहिलो यात्रामा काठमाडौं मा हामी गौशालामै बसेका थियौ! सङै यात्रागर्ने यात्रुहरु आफै पकाएर खाने भएकाले उनिहरुलाई आफै पकाएर खाने ठाउँ चाहिने रहेछ! हामीलाई पनि सस्तो बस्ने ठाउँ चाहिने! पिताजी पहिले पहिले आउदा पनि यतै बस्ने गर्नुहुदो रहेछ! लामो बसाई हुने काठमाडौं मा आफन्त नहुने आफै पकाएर खानु पर्ने (आप्पाक्या) अनि होटेल बस्ने नसक्ने आर्थिक अवस्था हुनेहरुका लागि यो धर्मशाला राम्रो रहेछ! आधारभुत सुविधा रहेकाले राम्रो! फेरि यसमा साझा बेड वा कोठा भनेर छुट्टै लिन मिल्ने भएकाले मलाई त्यतिबेला अति नै उत्तम लागेको थियो! त्यसमाथि गौशालाको बसाई ले पशुपतिको दर्शन गर्ने सजिलो हुने! किनमेल र घुमघाम भने रत्नपार्क तिर जानुपर्ने भएपनि हिडेरै गइन्थ्यो! गौशाला-रातोपुल-ज्ञानेश्वर्-कमलपोखरी- कृष्ण पाउरोटी-घ...