Posts

हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति

Image
  हिल्सा–सिमिकोट मोटरबाटो: एक फरक संसारको अनुभूति हिल्सा, नेपालको सुदूर उत्तरपश्चिमी सीमाना, जहाँ भौगोलिक उचाइ मात्र होइन, मानवीय अनुभवको गहिराइ पनि परीक्षण हुन्छ। यो ठाउँ मेरो लागि केवल भौगोलिक गन्तव्य थिएन। यो एउटा मनस्थितिको नाम थियो: जहाँ न त धड्कन नियमित हुन्छ, न त श्वास सामान्य। यो ठाउँ नेपालकै भए पनि धेरैजसो नेपालीका लागि नदेखिएको भूगोल थियो, र मेरो लागि त झन् टाढाको, तर अवश्य पुग्नैपर्ने गन्तव्य। कर्णालीको मुहान नजिकको सिमिकोट, जहाँबाट मानसरोवर जाने नाकाको अन्तिम नेपाली बस्ती सुरु हुन्छ। त्यही ठाउँमा म ‘हिल्सा–सिमिकोट सडक चौडाइ विस्तार कार्यक्रम’अन्तर्गत प्राविधिकको रूपमा खटिएको थिएँ। उद्देश्य थियो: खाद्य असुरक्षा घटाउने र सुदूर हिमाली भेगहरूमा पहुँच विस्तार गर्ने। तर व्यवहारमा, यो केवल बाटो निर्माण थिएन। यो साहस, मानवीय सहनशीलता र नेपालीपनको जीवन्त प्रदर्शन थियो। थप पढ्नका लागि यहां क्लिक गर्नुस

मुगु, चिताई र डोल्फु: एक अविस्मरणीय यात्राको डायरी

Image
  मुगु, चिताई र डोल्फु: एक अविस्मरणीय यात्राको डायरी यो डायरी केवल एक सामान्य यात्राको वर्णन मात्र होइन, यो राज्यबाट वञ्चित समुदायहरूको जीवन, आकांक्षा र सहजीकरणको साक्षी पनि हो। मैले विगत दुई दशकदेखि कर्णाली क्षेत्र र त्यस्ता बहिष्कृत तथा सामाजिक रूपमा पिछडिएका समुदायहरूलाई सशक्त बनाउँदै उनीहरूका मौलिक अधिकारहरू, विशेष गरी विकासको अधिकार दाबी र अभ्यास गर्न सहजीकरण र सहयोग गर्दै बिताएको अनुभवलाई यस डायरीमा समेटेको छु। कर्णालीका यी दुर्गम भेगहरूमा काम गर्दा मैले त्यहाँका स्थानीय समुदायहरूको जीवनशैली, चुनौतीहरू र विकासका आकांक्षाहरूलाई नजिकबाट अनुभव गर्ने अवसर पाएँ। यी क्षेत्रहरू राष्ट्रिय विकासको मुख्यधाराबाट अलग्गिएका, स्रोत र अवसरको अभावले ग्रस्त, सामाजिक, भौगोलिक र आर्थिक हिसाबले अत्यन्तै दुर्गम छन्। यद्यपि, त्यहाँका मानिसहरूमा विकासप्रतिको सशक्त इच्छा र सपना झल्किन्छ। यो डायरी त्यही यात्रा र अनुभूतिहरूको प्रतिबिम्ब हो—जहाँ विकास मात्र नभई समानता, न्याय र समुदायको आत्मनिर्भरतामा पनि जोड छ। मेरो यो डायरीको पहिलो शृङ्खला मुगु, चिताई र डोल्फुको यात्राबाट सुरु गरेको छु। पुरा पढ्न यता ...

कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा

Image
  कर्णाली प्राविधिक शिक्षालयः विरासतको सङ्घर्ष र पुनर्जागरणको गाथा (हागेनको खुला वायु सङ्ग्रहालयको प्रेरणामा आधारित एक दृष्टिकोण) KTS का विभिन्न क्षेत्रलाई विभाजन गरेर कर्णालीलगायत नेपालको हिमाली क्षेत्रमा अपनाइएका परम्परागत निर्माण प्रविधि, सीप र शिक्षालयले प्रवर्द्धन गरेका प्रविधिहरू समेटेर जीवन्त सङ्ग्रहालयको रूपमा रूपान्तरण गर्न असम्भव छैन। यसले पर्यटकहरूलाई तीन प्रमुख क्षेत्रमा यात्रा गर्ने अवसर दिनेछ। वास्तुकला क्षेत्रमा स्विस-नेपाली निर्माण प्रविधिको प्रत्यक्ष प्रदर्शन हुनेछ, जहाँ विद्यार्थीहरूले ढुङ्गा काट्ने, माटो ढाल्ने परम्परागत तरिका देखाउनेछन्। शैक्षिक इतिहास क्षेत्रमा २०३७ सालदेखिका पाठ्यक्रम, औजारहरू र CTEVT को जन्मकथा प्रदर्शनी हुनेछ। कर्णाली हिमाली खस जीवनशैली क्षेत्रमा देउसी-भैलोको प्रत्यक्ष प्रदर्शन, जडीबुटी बगैँचा र स्थानीय खाना चख्ने केन्द्रहरू मार्फत कर्णालीको सांस्कृतिक DNA जीवन्त राखिनेछ। पुरा आलेख हेर्नः यता क्लिक गर्नुस

कर्णाली राजमार्गमा पिच माथि पिच!

Image
  कर्णाली राजमार्गमा पिच माथि पिच! जदौ! कर्णाली राजमार्गको जुम्ला खण्डमा कालोपत्रे हुदै रहेछ! ठेकेदारले भने अनुसार २ से मी मोटाईको कालो पत्रे हुने रहेछ र यो आवधिक मर्मत सम्भार अन्तरगतको काम रहेछ! के राष्ट्रीय राजमार्गको आवधिक मर्मत सम्भार भनेको २ सेमी कालोपत्रे थपिदिएर (त्यै पनि पुरानो कालोपत्रे माथि) हुने हो? नेपालको राजमार्ग नियमित मर्मत सम्भारको मापदण्ड यहि हो त? सामान्यतया राजमार्ग मर्मत सम्भार तीन किसिमका हुन्छन: १. नियमित मर्मत (रुटिन मेन्टेनान्स): - खाल्डा भर्ने, साइड ड्रेन सफा गर्ने, किनारामा उम्रेको बिरुवा काट्ने, र सडक चिन्हहरू अपडेट गर्ने जस्ता दैनिक/साप्ताहिक कार्य। - सडकको सतहमा आएको सानो-मध्यम क्षति तुरुन्त मर्मत गर्ने। २. आवधिक मर्मत (पीरियोडिक मेन्टेनान्स): - ३–५ वर्षमा एक पटक सडकको पूर्ण पुनः निर्माण वा ओभरले गर्ने (जस्तै: नयाँ डामर लगाउने, सब-बेस मजबुत गर्ने)। - ठूलो परिमाणमा क्र्याक, रटिङ्ग, वा डिफर्मेसन लाई समाधान गर्ने। ३. आपतकालीन मर्मत (इमर्जेन्सी मेन्टेनान्स): - बाढी, पहिरो, वा भूकम्प जस्तो प्राकृतिक प्रकोपपछि सडक अवरुद्ध भएमा २४ घण्टाभित्र ...

सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

Image
  सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी म विगतका केही दशकदेखि नेपालका जलवायु समस्याग्रस्त क्षेत्रहरू तराईदेखि हिमालका गाउँसम्म, जलवायु परिवर्तन, सामाजिक विकास, विपद् व्यवस्थापन, मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न काममा संलग्न छु। यी वर्षहरूमा मैले बदलिँदो मौसमले समाजमा पारेको आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक प्रहारका विविध रूपहरू प्रत्यक्ष रूपमा देखेको छु। तर, ती सबै अनुभवहरूभन्दा गहिरो असर त्यसबेला पर्यो, जब मैले सम्जोङ गाउँको कथा बुझेँ। एउटा यस्तो गाउँ, जसले जलवायु अन्यायको मूल्यस्वरूप आफ्नो घर, पहिचान, संस्कृति र स्मृतिसहितको भूमि गुमाउनुपर्‍यो। यो केवल भौगोलिक विस्थापन थिएन; यो सपना, पहिचान, सांस्कृतिक विरासत र न्यायप्रतिको आस्था गुमाउने गहिरो क्षण थियो। गत साल मुस्ताङ भ्रमणका क्रममा सम्जोङको नाम पहिलो पटक सुनेँ। लोमाङ्थाङबाट कोरला नाका जाने बेलामा मुस्ताङबाट प्रदेश सभामा निर्वाचित माननीय विकल शेरचनज्यूले बाटोमा भन्नुभयो, “उ त्यहाँ नै हो, सम्जोङ भन्ने गाउँ भएको, तर अब त्यहाँ गाउँ छैन। विस्थापित भएर अन्त्य भइसक्यो।” त्यतिबेला पारिवारिक भ्...

जलवायु परिवर्तनजन्य सङ्कट: संवाद, सामूहिक उत्तरदायित्व र न्यायको आँखा

Image
  सायद हामी कल्पना गर्न सक्दैनौँ कि आफू जन्मेको थातथलो चटक्क छोडेर अन्तै बसाइँ सर्नुपर्ने पीडा, त्यो पनि रहरले होइन, बाध्यताले! यस्तै दुर्भाग्यपूर्ण बाध्यता पर्नेमा मुस्ताङको सम्जोङ गाउँ पनि एक हो। सन् २०१२ मा मुस्ताङको सम्जोङ गाउँका ८६ बासिन्दा लगातारको खडेरी र पानीको अभावले आफ्ना पुर्खाको थलो त्यागेर ११ किमी टाढा नामासुङ सर्न बाध्य भए। त्यहाँबाट केही वर्ष नपुग्दै ध्ये र यारा गाउँका बासिन्दाले पनि हिमताल विस्फोटको जोखिमका कारण स्थानान्तरणको सम्भावना झनै नजिकिएको अनुभव गर्न थाले। पुरा आलेख हेर्नः यता क्लिक गर्नुस

मेरो बाल्यकाल र लाप्को !

Image
  मेरो बाल्यकाल र लाप्को ! जदौ! गैरागाउँ—मेरो बाल्यकालको आधारभूमि। चन्दननाथ मावि—जहाँ मैले जीवनका बारेमा केहि चिने र माध्यमिक तहमा पढाई गरे। तर यी दुईलाई जोड्ने बाटो केवल जमिनको यात्रा थिएन; त्यो मेरो मन, भाव, डर र संकल्पको यात्रा पनि थियो। र यस यात्रा बीचमा थियो—लाप्को। जुम्ली भाषामा ‘लाप्को’ भनिने यो अस्थायी काठको पुल, जसले तिलानदीको छालसँग जुध्दै गैरागाउँ र महतगाउँलाई जोडी राख्थ्यो। मलाई अझै सम्झना छ—लामो काठको दुई ठुट्ठा, जसलाई बिचबिचमा ठूल्ठूला गोल ढुंगाहरूले अड्याइएको हुन्थ्यो। यो संरचना देख्दा नै डर लाग्थ्यो। पानीको बहावको आवाजसँगै लाप्को पनि अलिकति झनक्क चलायमान हुन्थ्यो। त्यही भएर मेरी आमाको अर्ती जीवनभर स्मरणीय बन्यो— “बरु अलिक ढिलो होस्, लाप्कोबाट नजानु!” सिंहदरबारको आदेशभन्दा पनि ती शब्दहरूको तागत बढी थियो मेरो बाल्यकालमा। त्यही भएर एसएलसी पास नगरेसम्म कहिल्यै त्यो लाप्कोबाट स्कुल वा बजार गइनँ। छिनासाघुको लामो बाटो समाउने गर्थें— एक्लो, सुनसान, कहिले काँही डर लाग्दो। तर समयमै विद्यालय त्यो यात्रा त सार्थक लाग्थ्यो। पिताजीसँग कहिलेकाहीं जाँदा भने लाप्को पार गर्थें। त्यो ...

भाईटीका 2081

Image
  जदौ! आज यमपन्चकको अन्तिम दिन भाईटीका, दीदीबहिनीको हातबाट दाजुभाईले सप्तरङ्गी टीका लगाउने दिन! भौगोलिक रुपमा बहिनी सङ टाढा भएर टीका लगाइमाग्न नपाएको दशकौँ भैसक्यो! किन किन मेसो मिलेको छैन! आशा छ आउने बर्ष जसरी पनि लगाउन पाइयोस्! पुल्चोक क्याम्पस पढ्ने बेलामा दशैँ तिहार विदामा घर आउँदा खिचेको यो फोटोले उतिबेलाको तिहारको सम्झना दिलाउँछ! तिहार आउँदा कार्तिकको अन्त्य वा मङ्सिर लाइसकेको हुन्थ्यो! घाँस अनि धान काटेर भित्र्याइसकेको समय हुनाले हरियाली लगभग सकिइसकेओ हुथ्यो! जाडो मौसम शुरु हुने बेला भएकोले बिहान सेतो तुसारो देखिन्थ्यो अनि पानी पनि चिसो हुन्थ्यो! गाउँघरमा फुल रोप्ने चलन त्यत्ति हुन्थेन! सयपत्री र मखमली फुल निकै कम घरमा हुन्थ्यो! हाम्रो घरमा भने सयपत्री पराल ले छोपेर टन्नै राखिएको हुन्थ्यो! तिहारमा फुलको माला लगाएर हिड्नु पनि छुट्टै मज्जा लाग्थ्यो! मलाई बहिनिले जुम्लामै टीका लगाईदिने बेलासम्म रातो र पहेलो टीकाको लामा लामा घर्सा निधारभरी लगाएको याद छ! त्यो बाहेक अरु रङ लगाइएन ! तर बहिनि काठमाडौं आएपछिको तिहारमा भने सप्तरङ्गी टीको लगाएको याद छ! तिहार भन्ने वित्तिकै देउसी र भ...

विश्व चर्पी दिवस - चर्पीको कुरा

Image
  जदौ! आज विश्व चर्पी दिवस! चर्पीको कुरा गर्ने वित्तिकै पुरानो झझल्को आइरहन्छ! गाउँगाउँमा चर्पी निर्माण अनि प्रयोगको अभियान लिएर हिडियो! एक जमाना थियो चर्पीको आवश्यकता र महत्वबारे बुझाउन नाटक, सभा, जुलुश, कक्षा, अवलोकन भ्रमण, छड्के चेकजाँच सबै गरियो! चर्पीका प्यान, पाइप, सिमेन्ट लगायत हेलिकप्टर बाट ओसारेर समेत, दक्षमिस्त्री र ढुवानी ज्याला समेत अनुदानमा दिएर चर्पी बनाउन लगाईयो! जुम्लामा 'चर्पी र चुला, गाँजर र मुला' भनेर शुरु भएको चर्पीनिर्माण अभियान २० बर्ष पछि पनि उस्तै चलिरहेकै छ! भलै चर्पीको महत्व, त्यसको डिजाइन, प्रयोग अनि उपादेयता अकल्पनिय हिसाबले बढेको छ! तर सार्वजनिक संस्था र सार्वजनिक स्थानमा शौचालय विशेष गरी विद्यालय तथा बजारक्षेत्रमा सबैलाई पहुँच पुग्ने शौचालय चाहि अझैँ पनि सपना नै छ! हुनत शौचालय र सरसफाईको अवस्था सुधार गर्न सामाजिक र गैरसरकारी क्षेत्रको महत्वपुर्ण भुमिका थियो! तर अहिले फर्केर हेर्दा बिसौँ बर्ष सम्म पनि उहि काममा अल्झेको देखेर भने दिक्क लाग्ने रहेछ! उहि प्रकृया दोहोरिनु उति गतिलो काम भने होइन! यसपालीको नाराले भने यो दोहोरिएको कामलाई औचित्यपुर्ण बना...

कुकुर तिहार 2081

Image
  जदौ! आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार! कुकुर अर्थात श्वान सबैभन्दा पातलो निद्रा भएको, अनि मानिसको सबैभन्दा ज्यादा बफादार, आफ्नो रितिको भावना बुझ्ने भएर होला यसको पुजा गरिएको! अझ नेपाली परम्परा अनुसार यमदुतको रुपमा यसलाई पुजा गरिन्छ! असल विद्यार्थीका पाच लक्षण मध्ये कुकुरको जस्तो पातलो निद्रा हुनु पनि मानिन्छ! हुनत म सानो हुनेबेलामा हाम्रो घरमा कुकुर पालेको सम्झना छ! जुम्लाको घरमा त अहिले पनि एउटा सानो प्यारो कुकुर तैपनि म मा कुकुर प्रति अलिकति डर अझै छ! गाउँमा कुकुर पाल्नाका धेरै कारण हुने! मुख्य कुरो घरको पहरेदार! तर शहरमा भने शोख! आफ्ना सन्तान भन्दा कुकुरलाई ज्यादा माया गर्ने पनि देखेको छु मैले! तर त्यो नितान्त व्यक्तिगत रुचि र आर्थिक क्षमता ले निर्धारण हुने रहेछ! जर्मनीमा आएपछि भने कुकुर पाल्ने शोख र त्यसको लागि आवश्यक कानुनी प्रकिया को हद देखेको छु मैले! यता कुकुरपाल्ने रितिले आफ्नो कुकुर स्थानिय निकायमा दर्ता गर्नै पर्छ, कुकुरको स्वास्थ्य अनि यसले अरु कसैलाई गर्नसक्ने क्षतिको पनि विमा गर्नुपर्छ! कतिपय स्थानमा कुकुरलान निशेध हुन्छ भने कतै कुकुर लिएर राख्न मिल्ने ठाउ...

जन्म दिन 2081

Image
  आज मेरो लागि विशेष दिन! आज भन्दा २ बीसऽ ४ बर्ष अघि यस धरतिमा जन्मलिएको दिन! यस जीवनको मध्यतिर पुग्दा सम्म अनेकौ मोडहरु पार गरियो! निश्चल र निष्कपट बालापन पछि चन्चले किशोर हुदै युवा अनि अहिले युवावस्था भर्खरै पार गरेर प्रौढ बन्ने दिशातिर निरन्तर लम्किएको एक भुइमान्छे - अर्थात म! आजसम्मको जीवनमा गुरु, मातापिता, परिवार, साथिभाई तथा गाउँसमाजको प्यारो बन्ने कोसिस गरियो! जानीजानी कसैको कुभलो गरिएन! जीवनमा सोचेका र साँचेका कयौँ सपना र योजना अधुरै छन! धैर्यपुर्वक र अथक भै निरन्तर परिश्रम गर्ने बानी मातपिताबाट ग्रहण गरेको छु! भाई बहिनी बाटपनि उत्तिकै आदर र माया पाएको छु! बाल्यकालमा जन्मदिन माताजीले बनाएको सेलरोटी, टाट्या, खीर खादै मातापिताको टिका अनि आशिर्वाद लिएर मनाइयो! उतिबेला न विगतको सम्झना, न वर्तमानको चिन्ता , न कुनै भविष्यको सपना! उन्मुक्त! युवाहुदा भने यदाकदा केक काटेर मनाइयो, उतिबेला वर्तमानमा ज्यादै रमाइयो अनि भविश्यका धेरै कल्पना पनि गरियो! होहल्ला र रमझम पनि त्यत्तिकै! अब प्रौढावस्थामा पुगेपछि भने पुराना कुरा उत्तिकै सम्झिइने, वर्तमानले ज्यादा अल्झाउने तर भविष्यका नया कल्पना ...

पशुपति गौशाला

Image
  जदौ! यसपालीको नेपाल भ्रमणमा स-परिवार पशुपति पनि जाने मौका मिल्यो! सार्वजनिक यातायात प्रयोग गरेपछि पशुपति पुग्न ओर्लिनुपर्ने गौशालामा! गौशाला झरेर यो गेट देख्ने बित्तिकै मलाई मेरो पहिलो काठमाडौं यात्राको स्मरण भैरहेको थियो! आज पशुपति गौशालाको समाचार देखेर आफ्नो पुरानो अनुभव झन ताजा आयो! २०५० सालको त्यो पहिलो यात्रामा काठमाडौं मा हामी गौशालामै बसेका थियौ! सङै यात्रागर्ने यात्रुहरु आफै पकाएर खाने भएकाले उनिहरुलाई आफै पकाएर खाने ठाउँ चाहिने रहेछ! हामीलाई पनि सस्तो बस्ने ठाउँ चाहिने! पिताजी पहिले पहिले आउदा पनि यतै बस्ने गर्नुहुदो रहेछ! लामो बसाई हुने काठमाडौं मा आफन्त नहुने आफै पकाएर खानु पर्ने (आप्पाक्या) अनि होटेल बस्ने नसक्ने आर्थिक अवस्था हुनेहरुका लागि यो धर्मशाला राम्रो रहेछ! आधारभुत सुविधा रहेकाले राम्रो! फेरि यसमा साझा बेड वा कोठा भनेर छुट्टै लिन मिल्ने भएकाले मलाई त्यतिबेला अति नै उत्तम लागेको थियो! त्यसमाथि गौशालाको बसाई ले पशुपतिको दर्शन गर्ने सजिलो हुने! किनमेल र घुमघाम भने रत्नपार्क तिर जानुपर्ने भएपनि हिडेरै गइन्थ्यो! गौशाला-रातोपुल-ज्ञानेश्वर्-कमलपोखरी- कृष्ण पाउरोटी-घ...

माताजीको श्राद्ध तिथि 2081

Image
  आज आश्विन कृष्ण चतुर्दशी अर्थात माताजीको श्राद्ध तिथि! माताजी कोरोनाको कहरको माझमा ब्रम्हलिन हुनुभएको थियो! मेरो कर्मको फल भन्ने कि भाग्य भन्ने मैले अन्तिम समयमा माताजीको मुख सम्म पनि हेर्न पाइन! परदेश मै बसेर गर्नुपर्ने कर्म गरियो! गत महिना नेपाल गएको बेलामा मुक्तिनाथ पुग्नुअघि कागबेनीमा माताजी को सम्झनामा माताजी कै नाममा तर्पण दिने काम गरियो! माता बिनाको घर कस्तो हुन्छ भनेर कसैले सोध्यो भने अहिले ठ्याक्कै आफ्नै घरको सम्झना हुन्छ! यसपल्ट धेरै समयपछि घर गैयो, तर माताजी नहुँदा घर पुगेकै अनुभुति भएन! माताजीको बोलीले पछ्याईरह्यो! उहाँको हाँसो अनि उहाँको डाकोले बोलाईरह्यो! उहाँले दाउरा घाँस गर्ने जङगल, उहाँले खेतिपाती गर्ने खेतबारी, बिस्कुन सुकाउने आँगन, खाना बनाउने अनि सबै परिवारले सङै खाने भान्सा, खानेपानी बोक्न दुख भयो भनेर घरैमा जोडेको धारो, गाउँमै पहिलोपल्ट बनाएको चर्पी , जौँ गहुँ,सिमिकोदो भट्ट्,फापर सुकाउने र चुट्ने थाडो, धान थन्क्याउन भनेर उहाँले नै बनाउनु भएका माटोमा ढरा र भकारी, दैनन्दिन रातोमाटो ले लिपिने दैलो, सब बिराना बिराना भएछन्। घरमा उहाँको स्मृति मात्रै छन्, केवल स्...